काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणीमा ७७८ जना शिक्षक शिक्षक छनोटका लागि आज विज्ञापन गरेको छ । आयोगले देशभरका लागि विभिन्न ९ वटा विषयको ७७८ विषय शिक्षकको लागि विज्ञापन खुला गरेको हो ।

आयोगले नेपाली विषयको ११७ रिक्त पदको लागि, अंग्रेजी विषयकको लागि १७६ रिक्त पदको लागि, गणित विषयको लागि १२८ रिक्त पदको लागि विज्ञापन गरेको छ ।

त्यस्तैगरी विज्ञान विषयको लागि १६३, सामाजिक विषयको लागि १२२, गणित विज्ञानको लागि ६५ पदको लागि, शुक्ल यजुर्वेद, कम्प्युटर विज्ञानको लागि १/१ जना र संस्कृत भाषाको लागि ५ जनाको लागि आयोगले आवेदन आह्वान गरेको छ ।

आयोगले आजदेखि नियमित दस्तुरमा चैत १ गते सम्ममा र दोब्बर दस्तुर तिरी चैत ८ गतेसम्म आवेदन लिने गरी आवेदन माग गरेको हो ।सामान्य तर्फको लिखित परीक्षा आगामी ८ वैशाख सञ्चालन गर्ने आयोगले जनाएको छ ।

विज्ञापन भएको पदमा आयोगको आधिकारिक अनलाइन पोर्टल https://online.tsc.gov.np मा गई दरखास्त पेश गर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्