काठमाडौं। शिक्षक सेवा आयोगले निम्म माध्यमिक तहको विज्ञान विषयको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असार १३ गते लिएको प्रतियोगितात्मक विषयगत लिखित परीक्षाको नतिजा सावजनिक गरेको हो ।

लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता मंसिर २८ गते विहान ८ बजेदेखि सञ्चालन हुने आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

नतिजामा चित्त नबुझि पुनर्योग गर्न चाहनेले मंसिर १८ गतेभित्र कार्यालय समयमा आवेदन दिन सक्ने आयोगले जनाएको छ।

नतिजा हेर्नुहोस्

प्रतिकृया दिनुहोस्