काठमाडौं । एसईई र एसएलसी परीक्षाको विकल्प कुनै हालतमा खोज्न नहुने नेपाल शिक्षक सङ्घले जनाएको छ ।

सङ्घको संघीय कार्यसमिति बैठकले महामारीका कारण स्थगित हुन पुगेकोे परीक्षाको सन्दर्भमा हाल उठिरहेको विषयले आफ्नोे गम्भीर ध्यानाकर्षण भएकोसमेत स्पष्ट पारेको छ ।

यी परीक्षाहरु अन्यभन्दा बढी महत्वका साथ हेरिने र यीबाट प्राप्त उपलब्धिले विद्यार्थीको जीवनभर प्रभाव राखिरहने साथै अन्तराष्ट्रिय समकक्षताको विषयसमेत जोडिने भएकाले परीक्षाको विकल्प किमार्थ खोजिन नहुने सङ्घले जिकिर गरेको हो ।

सङ्घका अध्यक्ष राजेन्द्रराज पौडेल र महासचिव सोमनाथ गिरीले बुधवार संयुक्तरुपमा एक विज्ञप्ति जारी गर्दै संघीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा सङ्घको संघीय कार्यसमितिले गरेको समसामयिक विषयसँग सम्बन्धीत ६ निर्णय सार्वजनिक गरिएको छ ।

परीक्षाको महत्व र प्रभावलाई मध्यनजर गरी लकडाउन पश्चात उपयुक्त समयमा विद्यार्थीलाई अनुकूल वातावरण निर्माण गरी परीक्षाको मर्यादाबमोजिम नै सञ्चालन गरिनु उपयुक्त हुने सङ्घको स्पष्ट दृष्टिकोण रहेको विज्ञप्तिमा जनाइएको छ । साथै, सङ्घले लकडाउनको अवस्थामा सरोकारित सबै पक्षले विद्यार्थीहरुको परीक्षाको तयारी समेतमासहयोग पुयाउका लागि अनुरोध गरेको छ ।

२०७७ बैशाख १० गते १९:००मा प्रकाशित

प्रतिकृया दिनुहोस्