काठमाडौं । आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा लिइसक्न  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । साथै, मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण सतर्कता अपनाउनसमेत विद्यालयलाई  निर्देशन दिएको छ ।

मंगलवार एउटा प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले विद्यालयमा सभा, समारोह, वार्षिकोत्सव, सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्नसमेत भनेको छ ।

मन्त्रालयले यथासिघ्र परीक्षा प्रारम्भ गरी चैत्र ५ यतै सम्पन्न गरिसक्न भनेको हो । आगामी चैत ६ गतेबाट १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा (एसइइ) हुने निर्धारित तालिका रहेको छ । एसइइ परीक्षा केन्द्रीय सरकारमातहत सञ्चालन हुने गरेको छ । त्यसैगरी स्थानीय सरकार (पालिका) मातहतमा कक्षा ५ र ८ को जिल्लास्तरीय परीक्षा संचालन हुने गर्दछ ।

२०७६ फागुन २० गते २०:२८मा प्रकाशित

प्रतिकृया दिनुहोस्