भक्तपुर । नेपाल इन्जिनियरिङ कलेजको (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरको आर्किटेक्चर विभागले अन्तरराष्ट्रियस्तरमा अनलाइनमार्फत प्राविधिक प्रवचन श्रृंखला सुरु गरेको छ । श्रृंखलाको पहिलो कार्यक्रमका स्रोत व्यक्ति अस्ट्रेलियामा कार्यरत न्युजिल्याण्डका आर्किटेक्ट डा. आड्रियान लोले नेपाल तथा अष्ट्रेलियाका विद्यार्थीहरूको प्रोजेक्ट वर्कको तुलनात्मक विश्लेषण गरेका थिए । विभागीय प्रमुख आर्किटेक्ट न्हसला सायमीको अध्यक्षतामा संचालित कार्यक्रमको संयोजन आर्किटेक्ट स्वेता अमात्य श्रेष्ठले गरेकी थिइन् ।

श्रृंखलाको दोस्रो कार्यक्रमका मुख्य स्रोतव्यक्ति नेपालका इन्जिनियर रामशरण श्रेष्ठ र सहायक स्रोतव्यक्ति भारतको पटनाका रामेश्वर सिं थिए । उक्त कार्यक्रममा निर्माण कार्यका नयाँ निर्माण सामग्री विषयमा नेपालको आर्किटेक्चर विषयका विद्यार्थीहरूसंग व्यापक छलफल भएको थियो । तेश्रो श्रृंखला साउन १० गते हुनेछ । श्रृंखलाको तेस्रो कार्यक्रमका स्रोतव्यक्ति अस्ट्रेलियामा कार्यरत आर्किटेक्ट डा. रज्जनमान चित्रकार हुने कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले बताए ।

नागरिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्