काठमाडौं । रिलायन्स प्रतियोगितात्मक उपत्यकाव्यापी विज्ञान प्रदर्शनी मेला सम्पन्न भएको छ । तीन दिनसम्म चलेको मेलामा विज्ञान, इन्जिजियरिङ, होटल म्यानेजमेन्ट, सूचना प्रविधिलगायतसँग सम्बन्धित ५० बढी स्टलहरु प्रदर्शन गरिएका थिए ।

प्रदर्शनीमा काठमाडौ उपत्यकाभित्रका १० विद्यालय र १० कलेजका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । विद्यालय र कलेजको छुट्टा–छुट्टै मूल्याङ्कन गरिएको थियो । प्रतियोगितात्मक शैलीमा सम्पन्न विज्ञान मेलालाई ४२ बढी विद्यालयका शिक्षक विद्यार्थीका अलावा हजारौं अभिभावक एवं शिक्षाप्रेमीहरुले अवलोकन गरेका थिए ।

सो विज्ञान प्रदर्शनी प्रतियोगितामा विद्यालयतर्फ सडक व्यवस्थापनसम्बन्धी नवीन विधि प्रदर्शन गरेको रिलायन्स इन्टरनेशनल एकेडेमी प्रथम भएको छ । यसैगरी, आधुनिक शिशु स्याहार झलुंगा प्रदर्शन गरेको रिपूमर्दनी सैनिक महाविद्यालय दोस्रो हुँदा प्रकृति र वातावरण संरक्षणसम्बन्धी प्रदर्शन गरेको रिलायन्स पब्लिक स्कूलले तेस्रो स्थान हासिल गरेको छ ।

यसैगरी कलेजतर्फ रिलायन्स कलेज प्रथम, सेन्ट लरेन्स कलेज दोस्रो र साउथवेस्टर्न कलेजले तेस्रो स्थान हासिल गरेका छन् । प्रथम हुने विद्यालय र कलेजलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै उत्कृष्ट सूचना प्रविधिसम्बन्धी सामग्री निर्माण प्रदर्शन गर्ने रिलायन्स कलेजका दुई स्टल पनि प्रथम र दोस्रो स्थान हासिल गर्दै नगदसहित पुरस्कृत भएका थिए ।

समापन कार्यक्रमका प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संस्थानका डिन प्रा.डा. विनिल अर्यालले उत्कृष्ट हुने विद्यालय र कलेजका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेका थिए । प्रा.डा. अर्यालले पुरस्कृत विद्यालय र कलेजका विद्यार्थीहरुलाई बधाई दिँदै आगामी दिनमा अझै सिर्जनशील र अनुसन्धानमुखी बन्न शुभकामना दिए ।

रिलायन्स कलेजले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि अतिरिक्त क्रियाकलापहरुलाई जोड दिँदै गर्दै आएको पहलको प्रशंसा गर्दै आगामी दिनमा अझै सिर्जनशील एवं अनुसन्धानमुखी कार्यक्रमहरु आयोजना गर्ने अपेक्षा व्यक्त गरे ।

रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रविन्द्रजङ्ग थापाले यसअघि विद्यालय स्तरमा आयोजना गरिएको विज्ञान प्रदर्शनीलाई यसवर्ष उपत्यकाव्यापी बनाइएको र आगामी वर्ष वागमती प्रदेशस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गरे ।

समापन कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका विज्ञान संकायका राजेन्द्र प्रसाद कोइराला, सिनियर चार्टड एकाउन्टेट राजु कुमार शिवाकोटी लगायतले प्रदर्शनीले विद्यार्थीमा खोज अनुसन्धानमा जग्रित बनाउने विश्वास व्यक्त गरे ।

विज्ञान मेला अवलोकनका क्रममा विद्यार्थीहरुले तयार पारेको पानी सोस्ने पिच रोड देखेर अभिभावकहरु दङ्ग देखिन्थे । जसबाट सडक संरक्षणसँगै आकासे पानीको मद्दतले जमिनका पानीका स्रोतहरु रिचार्ज गर्न सकिने थाहा पाएपछि त उनीहरु झनै खुसी देखिए ।

विद्यार्थीले तयार पारेका आधुनिक कृषि औजार, सौर्य उर्जाले सञ्चालित अत्याधुनिक हरित सहर, माटोरहीत कृषि उत्पादन, विद्युतीय सवारीलगायतले अभिभावकका मन जितेका थिए। काठमाडौं उपत्यकाको सवारी जाम हटाउने जुक्ति, भूकम्प प्रतिरोधि संरचना निर्माणलगायतका अनौकौँ इञ्जिनियरिङका नमूना, सांस्कृतिक सम्पदाका संरक्षणदेखि नेपालका भूगोल सुहाउँदा पुल निर्माणका कला भएतिर अभिभावकहरु झुम्मिएका थिए ।

लस्करै राखिएका स्टलहरुमा कतै विज्ञानका अविस्कार थिए भने कतै इञ्जिनियरिङका उत्कृष्ट नमूनाहरु । एकातिर गणितका नयाँ नयाँ प्रयोगहरु प्रदर्शित थिए भने अर्कोतिर विद्यार्थीहरुले मिठा मिठा परिकार पकाएर अभिभावकहरलाई चखाइरहेका थिए । तीन दिनसम्म निकै तामझामका साथ चलेको मेला आजदेखि सकिएको छ ।

चौँथो रिलायन्स सिङ्गिङ आइडल बने प्रशान्त खाती

काठमाडौं । चौँथो सिजनको रिलायन्स सिङ्गिङ आइडल प्रशान्त खाती बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा रिलायन्स कलेजमा कक्षा १२ मा अध्ययनरत खाती प्रथम बनेका हुन् ।

यसैगरी कक्षा १२ मै अध्ययनरत छात्र सुवेश तामाङ्ग द्वितीय तथा कक्षा ११ की छात्रा दृष्टि कुलुङ्गले तृतीय स्थान हासिल गर्न सफल भएकी छन् ।

प्रतिकृया दिनुहोस्