काठमाडौँ । भारत सरकारले नेपालका ७ जिल्लाका ५६ विद्यालय पुर्निर्माण गर्नका लागि २ अर्ब ९५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रम अन्तर्गत भारत सरकारको करिब ३ अर्ब रुपैयाँको आर्थिक सहयोगमा ७ जिल्लाका ५६ वटा विद्यालयहरुको पुनःनिर्माण गर्न लागेको हो ।

भारतीय दूतावासद्वारा जारी विज्ञप्ती अनुसार नेपालका गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा माध्यमिक विद्यालयको पुनःनिर्माण गर्न भारतीय दूतावास र नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ(शिक्षा)ले ७ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनर्निर्माण हुने दूतावासले जनाएको छ ।

पुनर्निर्माण हुने  विद्यालयमा  शैक्षिकभवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहने दुतावासले जनाएको छ । दुतावासका अनुसार  भूकम्पप्रतिरोधी संरचनापुनर्निर्माणको क्षेत्रमाभारतकै प्रमुख संस्थान केन्द्रीयभवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्ने छ ।

भूकम्प पश्चात्को पुनर्निर्माण परियोजनालगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरुसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्घ रहेको दुतावासले जनाएको छ ।

प्रतिकृया दिनुहोस्