काठमाडौं। शिक्षक सेवा आयोगले भोलि प्राथमिक तहको तृतीय श्रेणीमा खुला तर्फ विज्ञापन गर्ने भएको छ । आयोगले १३ हजार ९३ पदका लागि विज्ञापन गर्ने भएको हो ।

आयोगका अनुसार आधिकारीक निर्णय केही समयपछि हुने र विज्ञापन भोलिको गोरखापत्रमा र आयोगको वेबसाइटमा अपलोड गरिने छ ।

इच्छुक उम्मेदवारले भोलिदेखि माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्ने आयोगले जनाएको छ ।

सो विज्ञापनको सामान्य तर्फको परीक्षा आगामी चैत्र २० गते सञ्चालन हुने आयोगले जनाएको छ ।

आयोगले आगामीमा चैत्रमा सबै तहको लाइसेन्सको विज्ञापन गर्ने तयारी गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्