काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रारम्भिक कक्षाका बालबालिकाहरूका लागि पढाइ रमाइलो बनाउन शिक्षक र अभिभावकहरूले सजिलै प्रयोग गर्न सक्ने गरी ‘रमाइलो पढाइ’ एप तयार पारेको छ ।

कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा थप सहयोग पु¥याउने उद्देश्यका साथ निर्माण गरिएको एप अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को आर्थिक सहयोगमा निर्माण गरिएको हो ।

केन्द्रले आइतवार एक सूचना जारी गर्दै अब उक्त रमाइलो पढाइ मोबाइल एप अब गुगल प्ले स्टोरमा उपलब्ध रहेको जनाएको हो ।

प्रारम्भिक कक्षाका बालबालिकाहरूका लागि पढाइ रमाइलो बनाउन शिक्षक र अभिभावकहरूले सजिलै प्रयोग गर्न सक्ने गरी तयार पारिएको यस एन्ड्रोइड मोबाइल एपमा पाठ्यक्रम विकास केन्द्रद्वारा विकास र प्रकाशन गरिएको ५६ वटा रोचक कथाहरू र कविताहरूलाई नेपाली भाषामा रेकर्ड गरी तिनका चित्र पुस्तकहरूका साथ समावेश गरिएका केन्द्रले जनाएको छ ।

साथै, नेपाली भाषालगायत १० स्थानीय भाषाहरूमा रेकर्ड गरिएका विभिन्न चेतनामूलक रेडियो सन्देश तथा रेडियो कार्यक्रमहरू पनि समाविष्ट रहेका केन्द्रले स्पष्ट पारेको छ ।

केन्द्रका अनुसार मोवाइल एपमा रेडियो कार्यक्रमअन्तर्गत प्रारम्भिक कक्षाका शिक्षकहरूलाई कक्षाकोठामा सहयोगी हुने शिक्षण उपायसहितका सामग्री, रेडियो नाटक र विशेष अतिथिसँगको रमाइला कथाहरू समेटिएका छन् ।

यस रमाइलो पढाइ मोबाइल एपबारे स्थानीय तहका शिक्षा शाखा तथा जिल्लाभरिका सामुदायिक विद्यालयहरूलाई जानकारी गराई प्रधानाध्यापक, शिक्षक, आधारभूत तह प्रमुख, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र प्रारम्भिक कक्षा पढाइ उपसमितिका सदस्यहरूमार्पmत् दौँतरी शिक्षक अभिभावकहरूसहित प्रारम्भिक कक्षाका बालबालिकाका अभिभावकवर्गलाई यसै पत्रसँग संलग्न एप प्रयोग विधिबारे अवगत गराई वहाँहरुको मोबाइल फोनमा एप इन्स्टल गर्नका लागि आवश्यक सहयोग गरी एपको व्यापक प्रयोग गर्न–गराउन ७७ वटै शिक्षा विकास समन्वय इकाइलाई केन्द्रले निर्देशन दिएको छ ।

२०७७ बैशाख २८ गते १९:३१मा प्रकाशित

प्रतिकृया दिनुहोस्