काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) नेपाली विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो ।

आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गर्न सुरु गरेको थियो । यसअघि नतिजा सार्वजनिक भएका बिषयहरु इलेक्ट्रिकल इञ्जिनियरिङ्ग सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन र कम्प्युटर विज्ञान, विज्ञान विषयको नतिजा सार्वजनिक गरेको थियो ।

प्रतिकृया दिनुहोस्