काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदमा शिक्षामन्त्रीको राजीनामा माग गरेका छन् ।

उनले संसदमा प्रश्न गरेका छन्– ‘बजेट प्रति सहमत नभए विज्ञप्ति जारी गरेर कुर्सीमा टासिरहने कि राजीनामा दिएर विदा हुने शिक्षामन्त्रीज्यू ?’

व्यवस्थापिका संसदमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयगत बजेट छलफलमाथि उठेका प्रश्नको जवाफ दिएपछि जवाफमा चित्त नबुझाइ सांसद सुवालले  सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न निजी विद्यालयलाई जिम्मा दिने प्रस्ताव शिक्षा मन्त्रीको निजी क्षेत्रसामु आत्मसमर्पण भएको भन्दै टीप्पणी गरे ।

के शिक्षा मन्त्रालय निजी विद्यालय संघले सञ्चालन गर्ने हो प्रश्न गर्दै उनले तत्काल त्यो बुँदा बजेटबाट हटाउन माग गरे ।

यसबारे जनताको विरोध भएपछि शिक्षामन्त्रीले आफ्नो सहमती नभएको वक्तव्य जारी गर्नुभयो, उनले भने वक्तव्य दिएर कुर्सीमा टासिरहनु भन्दा राजीनामा दिएर विदा हुनुपर्ने होइन र ?

अमेरिकी शैन्य गठबन्धनमा घिसारिने एमसिसि सम्झौताको खण्डन गरी पाठ्यक्रममा राख्न उनले माग गरे ।

‘नेपालको राम्रो विश्वविद्यालय र विद्यालय कुन–कुन हुन् ?’ प्रश्न गर्दै सुवालले भने– ‘शिक्षामन्त्री कमजोर भए शिक्षक निस्कृय हुने र त्यसपछि विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान नसक्ने बारे मन्त्रीज्यूलाई कसरी थाहा भएन ?’

शिक्षा मन्त्री कमजोर भएकाले नयाँ पुस्ता बिग्रिए जिम्मा कसले लिने  भन्दै सुवालले बालविकासका सहजकर्तालाई तत्काल न्यूनतम पारिश्रमिक दिन माग गरे । एसईई र अन्य परीक्षा सञ्चालनका बारे एकमहिना अगाडि नै घोषणा गर्नुपर्ने उनको माग थियो ।

अनलाइन कक्षाका लागि निशुल्क वाइफाइको व्यवस्था गर्नुपर्ने सुवालको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्