कास्की । पोखरा महानगरपालिकाले लकडाउनको समयमा विद्यालयहरुले सञ्चालन गरेको अनलाइन कक्षा बन्द गर्न निर्देशन दिएको छ ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले बिहिवार एक पत्र लेख्दै विद्यालयहरुले आफुखुसी सञ्चालन गरेका त्यस्ता अनलाइन कक्षा तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

संस्थागत विद्यालयहरुले अनुमति र पूर्वाधारबिनै अनलाइन कक्षा सञ्चालन गरेका, यसले समाजमा थप विकृती निम्त्याएको, यसको पहुँचमा नरहेका विद्यार्थी तथा अविभावकहरुलाई मानसिक दवाब परेको उजुरीका आधारमा महाशाखाले त्यस्तो निर्देशन जारी गरेको जनाइएको छ ।

महाशाखाका उपसचिव गंगाबहादुर गुरुङ द्वारा जारी निर्देशनमा विद्यालयहरुले सञ्चालन गरेका अनलाइन कक्षाहरु तुरुन्त बन्द गर्न र महानगरको अनुमति विना अनलाइन कक्षाहरु सञ्चालन नगर्न भनिएको छ ।

२०७७ बैशाख १९ गते १०:३२मा प्रकाशित

प्रतिकृया दिनुहोस्