शिक्षक बनाउन प्रतिव्यक्ति दुई लाख !

पास गराउने भन्दै लाखौं रकम उठाउने फरार

Avatar photo

Byएजुकेशन पाटी

२० चैत्र २०७८, आईतवार

सुर्खेत । परीक्षार्थी स् हलो, पेपर पाइहाल्नुपर्‍यो सर ।
अर्का व्यक्ति स् पैसा नआएकाले, छिटो पठाउनुस् बरु ।
परीक्षार्थी स् ओर्जिनल नै पाउने हो नि रु
अर्का व्यक्ति स् ढुक्क हुनुहोस्, ओर्जिनल पेपर त पाइन्छ ।
परीक्षार्थी स् दीपालाई दिने हो पैसा ?

अर्का व्यक्ति स् हैन के दीपा सिपा । मेरो आयोगकै भरपर्दो कर्मचारी छ, रकम छिटो पठाउनुस् । यो नेपाल हो यहाँ जे पनि किनबेच हुन्छ, गोल्डेन अफर छ । यस्तो चान्स फेरि आउँदैन । ५र६ वर्षमा एकपटक आउने अफर हो, नगुमाउनुस् । मेरो पेसा नै हो । शिक्षक सेवाको प्रमाणित गरेको पेपर नै आउने हो । पहिलो लटमा ५ लाखका दरले उठाएको हो । सुर्खेतमा यस्ता धेरै कार्यहरू हुन्छन् ।

शिक्षक सेवा आयोगका परीक्षार्थी र परीक्षा पास गराइदिने व्यक्तिबीचको संवाद हो यो । चैत १५ गतेबाट सुरु भएको आयोगको परीक्षामा पास गराइदिने भन्दै प्रतिव्यक्ति २ लाखका दरले रकम उठाएको खुलेको छ । प्रश्नपत्रसहित उत्तर लेखेर पठाइदिने सर्तमा पैसा उठाउने व्यक्ति भने फरार छन् । कालीकोट गेला निवासी जगत शाहीले आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ मिलाएर झन्डै ५०र६० लाख रकम असुलेको पीडित परीक्षार्थीले बताएका छन् । कालिका माध्यमिक विद्यालयका शिक्षक खेमराज शाहीले परीक्षार्थीबाट प्रतिव्यक्ति दुई लाख असुलेको बताए ।

फरार जगत शाहीले परीक्षा समयअगावै प्रश्नपत्र लिक गराउने सर्तमा परीक्षार्थीबाट रकम असुलेका थिए । प्रश्नपत्र उपलब्ध नगराएपछि रकम बुझाएका परीक्षार्थीले शुक्रबार वीरेन्द्रनगरस्थित मंगलगढी चोकको होटल घेराउ गरेका थिए । त्यसपछि दुई तलाको घरबाट हाम फालेर भागेका शाही अझै फरार छन् । गैरकानुनी रूपमा रकम असुल्ने जगत र उनका सहयोगी मनराज शाहीलाई खोजी गरिरहेको सुर्खेत प्रहरी प्रमुख पदम विष्टले बताए ।

परीक्षा समयभन्दा अगाडि शाहीले शुक्रबार जेनिथ इन्स्टिच्युट र सुर्खेतस्थित एमपीजे मस्म सेन्टरबाट हस्तलिखित प्रश्नोत्तरसहितको फोटोकपी बाँड्दै रकम उठाएको पीडितहरूको भनाइ छ । उनीहरूले कालीकोट, दैलेख, जुम्ला, हुम्ला र सुर्खेतलगायतका जिल्लाबाट आएका परीक्षार्थीबाट रकम असुलेका हुन् । अरू जिल्लामा पनि उनीहरूले आफ्नो गिरोहमार्फत पास गराउने आवश्वास दिँदै रकम असुलेको पाइएको छ । रकम असुल गर्नेमध्ये मनराज शाहीले आफू संलग्न नभएको दाबी गरे । ‘मेरा भाइहरू हुन सक्छन् । सुर्खेतमा मेरो होटल छ, मैले झगडा मिलाउन कल गरेको हो,’ उनले भने ।

कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालय प्रमुख दीपा हमालले ट्युसन सेन्टरको बदमासी हुन सक्ने बताइन् । ‘यो प्रश्नपत्र शिक्षक सेवा आयोगको होइन,’ उनले भनिन् । प्रमुख जिल्ला अधिकारी खगेद्रप्रसाद रिजालले ठगी गर्ने अधिकार कसलाई नभएको भन्दै घटनामा संलग्नलाई चाँडै पक्राउ गरी कानुनी दायरामा ल्याउन निर्देशन दिएको बताए ।

ज्योति कटुवालले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्