मधुप्रसाद रेग्मी

काठमाडौं । शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तैगरी आयोगको सदस्यहरूमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जन नियुक्त भएका छन् ।

लोक सेवा आयोगको छनोट समितिले गत पुसमा तीनै जनालाई नियुक्तिकालागि सिफारिस गरेको थियो। सिफारिस भएको ९ महिनापछि तीनैजनालाई आज सरकारले नियुक्त गरेको हो ।

अध्यक्ष रेग्मी पूर्व सचिव हुन् । यस्तै सदस्यहरु महर्जन जनसेवा मावि कीर्तिपुरकी सेवानिवृत्त प्रधानाध्यापक र रिमाल शिक्षा मन्त्रालयका पूर्व सहसचिव हुन्। करीब एक वर्षदेखि पदाधिकारी विहीन रहेको थियो।

प्रतिकृया दिनुहोस्