काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले विद्यालय कर्मचारीहरुलाई समान योग्यताका शिक्षक सरह तलब, अन्य सुविधा, सञ्चयकोष, उपदान र निवृत्तिभरणको सुविधा दिने प्रस्ताव सहितको प्रतिवेदनको मस्यौदा तयार गरेको छ ।

हरेक माध्यमिक विद्यालयका विद्यार्थी संख्याको अनुपातमा आवश्यक संख्यामा र सामान्यतया कम्तिमा एकजना लेखापाल, कार्यालय सहायक, नर्स, मनोवैज्ञानिक काउन्सेलर, पेशा व्यवसाय सल्लाहकार रहने प्रस्ताव मस्यौदा प्रतिवेदनमा गरिएको छ ।

आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिनु अघि आयोगले बिहीबार गरेको राष्ट्रिय शिक्षा सम्मेलनमा वितरित प्रतिवेदनको मस्यौदामा संघीय शिक्षा ऐनमै व्यवस्था गरेरै विद्यालय कर्मचारीहरुलाई समान योग्यताका शिक्षक सरह तलब, अन्य सुविधा, सञ्चयकोष, उपदान र निवृत्तिभरणको सुविधा दिने व्यवस्थाको प्रस्ताव गरिएको छ ।

२०७५ पुस ६ गते ११:०१मा प्रकाशित

प्रतिकृया दिनुहोस्