काठमाडौं । अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीच सहमति भएको छ । सहमति भएसँगै अस्थायी शिक्षकका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता भएको छ ।

शिक्षामन्त्रालय र अस्थायी शिक्षकहरु बीच सवै अस्थायी शिक्षकहरुलाई समान रुपमा परीक्षामा सहभागी गराउने, अस्थायी शिक्षकहरुलाई स्थायी सरह औषधी उपचार र बिरामी बिदाको खर्च प्रदान गर्ने लगायतको सहमति भएको हो ।

अस्थायी शिक्षकहरुले चारबुंदे माग राख्दै असार २ गतेदेखि भद्रकालीमा आमरण अनशनमा बसेका थिए ।

सहमति पश्चात् आमरण अनशन बसेका शिक्षकहरुलाई शिक्षा मन्त्री स्वंयले जुस खुवाएर अनशन तोडाउने जनाइएको छ ।

अस्थायी शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिका अध्यक्ष विन्दा कुमार दास चौधरीले शिक्षा मन्त्रालय र अस्थायी शिक्षकहरु बीचको वार्तामा सहमति भएको जानकारी दिए । छिट्टै सहमति सार्वजनिक गरिने उनले जानकारी दिए ।

बुधवार देखि शुरु भएको शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षकहरुको वार्ताले आज मूर्त रुप लिएको हो ।

२०७४ असार ९ गते ०६:४७मा प्रकाशित

प्रतिकृया दिनुहोस्