काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालयमा विद्यार्थी खुद भर्नादर शतप्रतिशत नजिक पुग्नु र विद्यालय छाड्ने दर २ दशमलव ६ प्रतिशतमा झर्नु सरकारको उपलब्धि भएको बताएका छन् ।

प्रतिनिधि सभामा शनिवार सरकारका २ वर्षको उपलब्धि सार्वजनिक गर्ने क्रममा प्रधानमनत्री ओलीले संयुक्त राष्ट्रसंघ बालकोष युनिसेफको प्रतिवेदन अ वल्र्ड रेडी टु लर्न मा सन् २००० पछिका १७ वर्षहरुमा नेपालको विद्यालय भर्नादर १२ प्रतिशतबाट ८६ प्रतिशत पुगेको भनी प्रशंशा गरिएकोे जिकिर गरेका छन् ।

यो तथ्यले अंकमात्रै नबोल्ने उपलब्धि र अनुभूति पनि बोल्ने उनले स्पष्ट पारेका छन् ।

श्रम बजारमा पहिलेका बेरोजगारले काम नपाएका होलान तर नयाँ बेरोजगार नथपिएका उनले स्पष्ट पारेका छन् ।

उपलब्ध जनशक्तिमा रहेको सीपको अभाव वा बेमेलका कारण जगेडा श्रमिकका बीच अभावको स्थिति निर्माण हुन पुगेको उनको भनाइ छ ।

जीवनोपयोगी शिक्षाको अभावमा शिक्षा, रोजगारी, पेशा र व्यवसायसँग आर्जित ज्ञान जोडिन सकेको छैन । जसले एक प्रकारको शिक्षित साक्षर वेरोजगारको जमात पैदा हुन पुगेको उनको भनाइ छ ।

शिक्षित बेरोजगारहरुलाई सीप र उद्यमशीलता सहितको उच्चस्तरको रोजगारीमा ल्याउने काम बाँकी छ’- उनले भने ‘अब हामीले शिक्षालाई सीप र प्रविधिसँग जोडेर उद्यमशीलता विकास गर्दै स्वरोजगारी बढाउन आवश्यक छ ।’

‘मैले प्राविधिक शिक्षा र आम शिक्षाको अनुपात ७०ः३० हुनुपर्छ भनेर यसैकारले भन्ने गरेको हुँ’, उनले भने ।

भूकम्प प्रभावित २ हजार ६ सय बढी विद्यालय भवन पुनर्निर्मित भएका उनले बताए ।

२०७६ फागुन ३ गते १२:२१मा प्रकाशित

प्रतिकृया दिनुहोस्