काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । गत जेठमा भएको परीक्षाको मंगलवार नतिजा प्रकाशित भएको हो ।
देशभरबाट परीक्षामा नियमित र आंशिक गरी ५ लाख ९ हजार ५२ सहभागी रहेका थिए । जसमा नियमित तर्फ ३ लाख ४९ हजार ६०३ र आशिंक तर्फ १ लाख ४२ हजार ३४५ सहभागी थिए ।
बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।
परीक्षामा २ हजार ३१९ ले जिपिए ३.६१ देखि ४, १३ हजार ७७२ ले ३.२१ देखि ३.६० जिपिए, ३२ हजार २५३ ले २.८१ देखि ३.२० जिपिए प्राप्त गरेका छन् ।
यस्तै, ५४ हजार ८१६ ले २.४१ देखि २.८० जिपिए, ८४हजार २३९ ले २.०१ देखि २.४० र ८९हजार ६५० ले १.६१ देखि २.२० जिपिए ल्याएका छन् ।
यस्तै, ४३ हजार ३७ ले १.२१ देखि १.६० जिपिए, ८ हजार १७१ ले ०.८१ देखि १.२०, २१ हजार ३४६ ले ० देखि ०.८० जिपिए ल्याएका छन् ।
विद्यार्थीहरुले नतिजा राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np नेपाल टेलिकमको www.neb.ntc.net.np इयुजोनिक्स एजुकेशन प्रा.लि. को www.edusanjal.com दकनेक्ट प्लस प्रा.लि., नागार्जुनको www.theconnectplus.com, कान्तिपुर डिजिटल कपरिसन प्रा.लि. को www.ekantipur.com, www.neb.edusanjal.com मा हेर्न सक्नेछन् र बिद्यालयहरुले आफ्नो विद्यार्थीहरुको नतिजा neb.edusanjal.com बाट download गर्न र हेर्न सकिने छ ।
_1.jpg)
प्रयोगात्मक परीक्षामा कम्तिमा C ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरुलाई नतिजा प्रकाशन भएको मितिले १५ दिन पश्चात् मात्र ट्रान्सक्रिप्ट, माईग्रेसन र प्रोभिजनल (TMP) प्रमाणपत्र उपलब्ध गराइने बोर्डले जनाएको छ । कक्षा ११ र १२ उत्तीर्ण, रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७३ वा सोभन्दा कम भएका अहकाइकन पद्धतिका विद्यार्थीहरुलाई टान्सक्रिप्ट.माईग्रेसन र प्रोभिजनल (TMP) प्रमाणपत्रहरू नतिजा प्रकाशित भएको मितिले १५ (पन्ध) दिन पछि मात्र उपलब्ध गराइने बोर्डले जनाएको छ । रजिष्ट्रेशन नं. का शुरुका दुई अंक ६८ वा सो भन्दा बढी भएका विद्यार्थीहरुको शैक्षिक योग्यताका प्रमाणपत्रहरू (TMP) राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरु (विराटनगर, जनकपुर, हेटौडा, पोखरा, बुटवल, कोहलपुर, धनगढी र काठमाण्डौं) बाट उपलब्ध गराइने बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा ११ को परीक्षाफल प्रकाशन पश्चात् आफूले प्राप्त गरेको कुनै विषयको ग्रेड/अंकमा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीले प्रति विषय रु. ५००/- (पाँच सय) का दरले दस्तुर बुझाई पुनर्योगका लागि ग्रेडसिट/मार्कसिट वा website बाट डाउनलोड गरेको ग्रेडसिट/मार्कसिट संलग्न गरी मिति २०७६ असोज २८ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयहरु वा राष्टिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरमा आवेदन दिइसक्नु पर्ने बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा ११ को परीक्षाफल प्रकाशनका क्रममा कुनै त्रुटि (स्थगित वा अनुपस्थित, विषय फरक पर्ने, नाम घर, रजिष्ट्रेशन नं. फरक पर्ने आदि) देखिएमा सम्बन्धित शाखा कार्यालयहरू वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपरमा नतिजा प्रकाशन भएको मितिले ६ महिनाभित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न अनुरोध गरिएको छ ।
आयोगका अनुसार निम्न लिखित नम्बरका परीक्षार्थीहरुको सम्पूर्ण विषयको परीक्षाफल रद्द गरिएको छ ।10406738,11501044,11501114,11500018, 11593705,11705154,12500924,12704019,14503390,14602762,14914931,16300307,16801093,
17200033, 17200099,17200296, 17707370, 17709836,21500905,21701852, 24600477,27105751,
32800003, 34600251, 34680521,42700260, 52100505, 52700648
.jpg)


२०७६ असोज ७ गते १०:०३मा प्रकाशित