काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विद्यालय कर्मचारी र इसिडि शिक्षकको सुविधा बढाउन पहल गर्ने बताएका छन् । यसका लागि प्रधानमन्त्री, अर्थमन्त्री र शिक्षामन्त्रीसँग आवश्यक छलफल गर्ने र सम्भव भएसम्म पास गर्नुअघि बजेटमा थप्ने उनले स्पष्ट पारे ।

आइतबार सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको पूर्णबैठकलाई सम्बोधन गर्दै प्रचण्डले संघीय शिक्षा ऐन ल्याउन र उच्चस्तरिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि पहल गर्ने बताए ।

‘शिक्षा क्षेत्रलाई २० प्रतिशत बजेट छुट्याउन प्रयास गरेपनि सकिन् । आफ्ना मन्त्री हुँदैमा मात्रै नसकिँदो रहेछ’–प्रचण्डले भने ।

संघीय शिक्षा ऐन, उच्चस्तरिय शिक्षा आयोगको प्रतिवेदन, शिक्षा वजेट, शिक्षकको राजनीतिक अधिकारलगायतका विषय राज्यकै समस्या रहेको भन्दै प्रचण्डले ती त्रुटिहरु सच्याउन शिक्षकहरुले शान्तिपूर्ण संघर्ष गर्नुपर्ने बताए ।

शिक्षकका समस्या बाँकी रहँदासम्म शिक्षामा सुधार गर्न नसकिने दाबी गर्दै प्रचण्डले शिक्षकहरु शिक्षा विकासका मेरुदण्ड भएका ठोकुवा गरे ।
बैठकमा अखिल नेपाल शिक्षक संगठन र अन्य संगठनबाट भेरी कर्णाली ब्यूरो सदस्यसहित प्रवेश गरेका थिए ।

प्रतिकृया दिनुहोस्