काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आजदेखि शुरु हुँदै छ । परीक्षा चैत १८ देखि २१ गतेसम्म हुने छ। स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षार्थीहरु सहभागी हुने चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

आयोगका अनुसार पहिलो दिन १९ हजार ५०८, दोस्रो दिन १२ हजार २६२ र तेस्रो दिन २,८९५ परीक्षार्थी गरी कूल ३४ हजार ६६५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुने भएका हुन्।

काठमाडौं उपत्यकामा मात्र संचालन हुने परीक्षामा १११ परीक्षा केन्द्र निर्धारण गरिएको छ। आयोगले परीक्षालाई मर्यादित र व्यवस्थित तुल्याउनका लागि आवश्यक सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।

परीक्षाका लागि काठमाडौं उपत्यकामा १११ परीक्षा केन्द्र कायम गरिएको छ । पहिलो दिन चैत १८ गते १९ हजार ५ सय ८, दोस्रो दिन चैत २० गते १२ हजार २ सय ६२ र तेस्रो दिन २१ गते २ हजार ८ सय ९५ गरी कूल ३४ हजार ६ सय ६५ परीक्षार्थी परीक्षामा सहभागी हुने आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्