काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले परीक्षाफल प्रकाशित भए पनि भदौ १५ गतेसम्म फारम भर्ने र भर्ना गराउनेलगायत भर्नासम्बन्धी कुनै पनि काम गर्न नपाउने स्पष्ट पार्नुभयो ।

मन्त्रिपरिषद्को बैठकले भदौ १५ गतेसम्म विद्यालय सञ्चालन, भर्नालगायत कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाइने निर्णय गरेकाले सोही निर्णयलाई आधार मानेर कक्षा ११ को नयाँ भर्ना गर्न रोक लगाएको उहाँको भनाइ थियो ।

सरकारको निर्णयको अटेर गर्ने विद्यालयमाथि स्थानीय निकाय र शिक्षा विकास तथा समन्वय इकाइले अनुगमन गरी कारबाही गर्नेसक्ने व्यवस्था गरेको छ । राजधानीको ठूला भनिएका विद्यालयले प्रि–इन्ट्रान्स भन्दै भर्ना सकिसकेको छ । त्यसको अग्रपंक्तिमा कमलादीको युनिग्लोब रहेको छ ।

हिसानका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश सिलवालको गोल्डेनगेट कलेजले शक्तिको आडमा परीक्षाफल प्रकाशित नहुँदै अनलाइनबाट प्रि–इन्ट्रासको विज्ञापन गरेपछि सबैले अवैध भर्ना शुरु गरेका हुन् ।

अब सरकारको निर्देशनअनुसार आन्तरिक रुपमा भर्ना गरे कारबाही गर्ने चेतावनी दिएको छ । परीक्षाफल प्रकाशित भए पनि १५ गतेसम्म भर्ना गर्न पाइनेछैन । सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ ।

समाचारपत्रमा खबर छ ।

प्रतिकृया दिनुहोस्