मुम्बई । रोजगारीको क्रममा भारत पुगेका एक नेपाली मजदुरकी छोरी प्रतिभाले भारतीय बोर्ड परीक्षमा ९६.४ प्रतिशत अंक ल्याएर उतिर्ण गरेकी छन्। भारतको महाराष्ट्रस्थित कोस्टाल जिल्लाको पोल्टी पसलमा कार्यरत कृष्ण गोभिडलाल चौधरीकी छोरी प्रतिभाले स्थानीय मराठी भाषामा अध्ययन गरेर एसएससीबी परीक्षामा उत्कृष्ट नम्बर ल्याएर पास भएकी हुन्।

उनका भाई प्रतिकले पनि ८९ प्रतिशत अंक ल्याएर एसएसीबी बोर्ड पास गरेका छन्। नेपालको कैलालीका कृष्ण कामको खोजिमा धेरै वर्ष पहिले भारत पुगेका थिए। काम खोज्दै जाँदा उनले मुम्बईबाट करिब सय किलोमिटरको दूरीमा रहेको अलिबाग जिल्लाको जिरादमा स्थानीय पोल्टी पसलमा कामका थिए।

जिरादका पूर्व ग्राम पञ्चायत अरविन्द पाटिल कृष्ण पहिलो पटक कामको खोजिमा भारत जाँदा विवाह समेत नगरेको बताउँछन्। ‘पछि उसले विवाह ग-यो र दुई छोराछोरी पनि भए, जसले अध्यनमा धेरै राम्रो गरेका छन्,’ पाटिलले भने। कृष्णका छोराछोरीले चोन्धी गाउँमा रहको एसएम भड्के स्कुलबाट आफ्नो पढाइ सुरु गरेका थिए।

कृष्ण र उनकी पत्नीले भने पढ्ने अवसर पाएका थिएनन्। कृष्णको सपना आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिने थियो। छोराछोरीलाई राम्रो शिक्षा दिक्षाका लागि कृष्णको पत्नीले पनि फुड स्टलमा काम गर्न सुरु गरेकी थिइन्। प्रतिभा निकै मेहनती र अध्ययनमा अब्बल विद्यार्थीमा पर्छिन्। बोर्ड परीक्षमा प्राप्त गरेको आफ्नो सफलताको सुत्र बताउँदै प्रतिभाले आफूले समय तालिका बनाएर अध्ययन गर्ने गरेको बताएकी छन्।

उनी हरेक दिन बिहान ३ बजे उठेर पढ्न सुरु गर्ने गरेको बताउँछिन्। उनकी आमा बिहानै काममा जाने र बेलुका अवेर मात्रै घर फर्किने भएकाले घरको काम समेत प्रतिभाले नै सम्हाल्ने गर्थिन्। पवित्रा भविष्य मेडिसिन पढेर डाक्टर बन्न चाहन्छिन्।

तर यसका लागि ठूलो रकम र कैयौँ परीक्षाहरूको सामना गर्नुपर्ने भन्ने कुरामा पनि उनी जानकार छिन्। उनका शिक्षक जानभी बाघे पवित्रा विद्यालयमा सधै अब्बल र बहुप्रतिभाशाली विद्यार्थी भएको बताउँछन्। प्रतिभा खेलकुदलगायतका विद्यामा पनि अब्बल रहेको उनी बताउँछन्।

बैभव भोलेले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्