काठमाडौँ, ३ साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा इनजी (ननग्रेडेड) आएका पाँच विद्यार्थीको पुनर्योगपछि ४ जीपीए आएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार पुनर्योगको लागि १९ हजार ६०० विद्यार्थीले आवेदन दिएका थिए । जसमध्ये चार हजार २८७ जना विद्यार्थीको नतिजामा सुधार आएको छ ।

यसैबिच पुनर्योगका लागि आवेदन दिएका ५ विद्यार्थीको भने ४ जीपीए नतिजा आएको हो । बोर्डले धेरै अङ्क इन्ट्री गर्दा, केही टाइपिङ गलत भएर नतिजा फरक परेको जनाएको छ ।

बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो ।प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरेको जनाएको छ । यस्तै २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ ।

प्रतिकृया दिनुहोस्