काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णय अनुसार सहसचिव अर्याल बोर्डको सदस्य सचिवमा नियुक्त भएका हुन् । अर्याल यस अघि कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा प्रमुख थिए ।

बोर्डका अघिल्ला सदस्य सचिव दुर्गा अर्याल अनिवार्य अवकासमा गएपछि अर्याल सदस्य सचिव भएका हुन् । नेपाल शिक्षा सेवाको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत वा राष्ट्रिय परीक्षा बोर्डको वरिष्ठ कर्मचारीहरु मध्येबाट मन्त्रालयले तोकेको कर्मचारी सदस्य सचिव बन्ने व्यवस्था छ । पदभार ग्रहण गर्दै अर्यालले परीक्षा बोर्डलाई समयानुकुल चुस्त बनाउनेदेखि तोकिएको जिम्मेवारी पूरा गर्ने बताए ।

विद्यालय शिक्षाको परीक्षा सञ्चालन, व्यवस्थापन र उन्नयनका लागि स्थापना गरिएको राष्ट्रिय परीक्षा बोर्डको मूलकार्य परीक्षा पद्धतिको विकासमा केन्द्रित हुन्छ । सदस्य सचिवको काम, कर्तव्य र अधिकारभित्र बोर्डमा पेश हुने प्रस्ताव तयार गर्ने, बोर्डबाट भएका निर्णय कार्यान्वयन गर्ने, वार्षिक आय, व्यय र कार्यक्रम तयार गर्ने, बोर्डको कोष परिचालन, सम्पत्तिको व्यवस्था, संरक्षण र सञ्चालन गर्ने, बोर्डको वार्षिक आर्थिक विवरण तयार गर्ने र लेखापरीक्षण गराउने लगायत पर्दछन् ।

प्रतिकृया दिनुहोस्