काठमाडौं। शिक्षाका लागि राष्ट्रिय अभियान(एनसीई) नेपालको अध्यक्षमा राजेन्द्र पहाडी निर्वाचित भएका छन् । एनसीई नेपालको १३ औं साधरण सभाले पहाडीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सुभेन्द्रमान श्रेष्ठ र सान्त्वना केसी निर्वाचित भएका छन् । यस्तै महासचिवमा शिक्षा पत्रकार समूहका पूर्व अध्यक्ष एवं आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देल निर्वाचित भएका छन् । यस्तै कार्यसमितिको सचिवमा टेकराज अवस्थी र कोषाध्यक्षमा जेनी राई निर्वाचित भएका छन् ।

यस्तै नवनिर्वाचित कार्यसमिति सदस्यहरुमा लक्ष्मी गौतम, दुर्गा गिरी, उषादेवी साह, अजयकुमार साह, दल बहादुर बिक, पार्वती तामाङ, नाजवुल खान, विष्णु प्रसाद भण्डारी र कृष्ण गोविन्द महर्जन रहेका छन् । यसैगरी, मन बहादुर ऐर, सजिड अली सिद्दिकी र राम प्रवेश साह पनि सदस्यमा निर्वाचित भएका छन् । निर्वतमान अध्यक्ष डिल्लीराम सुवेदी पनि सदस्यमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्