काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा सकुन महर्जनलाई चार र रोहन व्यञ्जनकारलाई तीन ओटा पदकले विभूषित गरिने भएको छ ।

त्रिविद्वारा जारी गरिएको सूचनामा महर्जनले ४.०० सीजीपीए प्राप्त गरेको हुनाले पुरस्कृत गर्न लागिएको हो । उनलाई सम्पूर्ण स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम भएको हुनाले चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ स्वर्ण पदक, रामप्रसाद मानन्धर स्वर्ण पदक र शान्ति नारायण मिश्र पदक प्रदान गरिने त्रिविको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै रोहन व्यञ्जनकारलाई तीन ओटा पदकले विभूषित गरिने भएको छ । अर्थशास्त्र केन्द्रीय विभाग, विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका व्यञ्जनकारलाई एम।ए। अर्थशास्त्र विषयमा ३.८५ सीजीपीए प्राप्त गरेको हुनाले तारापद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक, चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार प्रदान गरिने भएको हो ।

सूचनामा दीक्षान्त समारोहमा त्रिविबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरूमा सर्वप्रथम भई विभिन्न दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली पनि प्रकाशन गरेको छ ।

प्रतिकृया दिनुहोस्