बुटवल । पछिल्लो समय बुटवलमा एउटा भनाइ चर्चित बनेको छ । विज्ञान पढ्ने भए नविन औद्योगिक कदरबहादुर रिता मावि । त्यो त भौतिक पुर्वाधारले सुसम्पन्न विद्यालय त्यसमाथि विभिन्न छात्रवृत्ति । अहिले विज्ञान पढ्ने विद्यार्थीको चाप विद्यालयमा थेगिनसक्नु रहेको छ ।

प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले कक्षा ११ मा विज्ञान संकाय अध्ययन गर्ने छात्राहरुलाई छात्रवृत्ति कार्यक्रम लागू गरेकोले सामुदायिक विद्यालयहरुमा अध्ययनको लागि भर्ना हुने विद्यार्थीहरूको बुटवलमा चाप बढेको छ। त्यसमाथि नवीन स्कूलको आकर्षण अधिक छ ।

प्रदेश नम्बर ५ सामाजिक विकास मन्त्रालयले प्रदेशमा सक्षम जनशक्ति निर्माण गर्ने उद्देश्यले छात्राहरुलाई विशेष प्रोत्साहन गरी विज्ञान संकाय अध्ययन गर्ने सबै छात्राहरुलाई र अन्य संकाय तथा धारमा अध्ययन गर्ने दलित, मुस्लिम र सीमान्तकृत वर्गका छात्राहरुलाई वार्षिक १० हजारका दरले आकर्षक छात्रवृत्ति गत आर्थिक वर्षबाट प्रारम्भ गरेपछि छात्राहरुको पनि विज्ञान विषय प्रति आकर्षण बढेको छ ।

विगत वर्षहरुमा भन्दा कोभिड–१९ का बाबजुद पनि अनलाइन भर्ना फारम भर्ने र भर्ना हुने विद्यार्थीहरूको अत्यधिक चाप बढेको हुँदा भाद्र २५ गतेबाट अनलाइन कक्षा पनि प्रारम्भ गरिएको नविन औधोगिक कदर बहादुर रीता मावि बुटवलका प्रधानाध्यापक एवं सामुदायिक विद्यालय सुधार समाज प्रदेश नं ५ का अध्यक्ष प्रेमबहादुर बस्नेतले बताए ।

प्रदेश नम्बर ५ सामाजिक विकास मन्त्रालयबाट २०७६ मा रुपन्देही जिल्लामा प्रदेशनमुना छनौट भएको बुटवलको नविन औद्योगिक कदर बहादुर रीता माविलाई प्रदेश सरकारले ७५ लाख र बुटवल उपमहानगरपालिकाले १५ लाखगरी ९०लाख बजेट विनियोजन गरेको छ ।

विनियोजित रकमबाट नमूना विद्यालय विकास एवं संचालन निर्देशिका २०७६ अनुसार नमुना विद्यालय सञ्चालन कार्यक्रम अनुसार २८ वटा क्षेत्रहरु अन्तर्गत भौतिक पूर्वाधार विकास, शैक्षिक सुधार कार्यक्रम, छात्रवास निर्माण, विज्ञान प्रयोगशाला, कम्प्यूटर प्रयोगशाला निर्माण एवं व्यवस्थापन आइसिटि जडान, स्टाफ नर्स र खेलकुद प्रशिक्षक व्यवस्था, बालमैत्री, प्रविधिमैत्री कक्षा व्यवस्थापन, खेलमैदान व्यवस्थापन, शौचालय निर्माण, सिसी क्यामेरा जडान लगायतमा लक्षित गरेको छ।

जसअन्तर्गत स्टाफ नर्स र खेलकुद प्रशिक्षक खुला प्रतिस्पर्धाको आधारमा छनौट गरिसकेको सामुदायिक विद्यालयमा प्रदेश सरकारको आकर्षक छात्रवृत्ति संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारद्वारा विज्ञान प्रयोगशाला निर्माण, सामग्री व्यवस्थापनमा पर्याप्त लगानी, संघीय सरकारद्वारा योग्य शिक्षकको व्यवस्थाका कारणले बढी आकर्षण बढेको र श्रम बजारबाट सक्षम शिक्षकहरुको व्यवस्था गरिएकोमा अझै विद्यालयमा आकर्षण बढेको छ ।

विद्यालय २०७० सालमा देशका ३३ वटा उत्कृष्ट सामुदायिक विद्यालयहरु मध्ये १९औँ स्थानमा सूचीकृत भएको थियो भने २०७६ मा ५ नम्बर प्रदेशमा पाँचौं स्थानमा र रुपन्देही जिल्लामा द्वितीय स्थानमा आउन सफल भएको ब्रिटिस्ट काउन्सिलबाट आइएसए २०१७–२०२० प्राप्त गरेको छ । विद्यालयमा मन्टेश्वरी देखि कक्षा १२ सम्म विज्ञान संकाय, सिभिल इन्जिनियरिङ, पूर्ण अंग्रेजी माध्यममा र व्यवस्थापन संकाय अंग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन हुने गरेको छ ।

विद्यालयमा विद्यार्थीहरूको चाप अत्यधिक भएकोले प्रदेश सरकारबाट नमुना विद्यालय कार्यक्रम अन्तर्गत विनियोजित रकम बाट ९ वटा कक्षाकोठाहरू, छात्र, छात्रा र शिक्षक शौचालय, पिउने पानी, खेलमैदान पेविंग (इन्टरलक टायल), थप कम्प्युटर प्रयोगशाला निर्माण र सिसी क्यामेरा जडान गरिएको छ।

पुर्वधार साझेदारी विकास कार्यक्रम अन्तर्गत संसद विकास कोष मार्फत यस क्षेत्रका संघीय संसद पूर्व अर्थमन्त्री नेकपा महासचिव बिष्णुप्रसाद पौडेलबाट भवनको तला थप्ने कार्यक्रम अन्तर्गत ५ कोठे कक्षा कोठा भवन ५० लाखको लागतमा निर्माण भइरहेको प्रअ बस्नेतले जानकारी दिए ।

प्रेमबहादुर बस्नेत-प्रधानाध्यापक

विद्यालयमा पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला, नेपाल सरकारका बहालवाला उपप्रधानमन्त्रीहरु प्रकाशमान सिंह, सिपि मैनाली, पूर्वमन्त्रीहरु विष्णुप्रसाद पौडेल, बालकृष्ण खाँड, महन्थ ठाकुर सामाजिक विकास मन्त्री सुदर्शन बराल विश्व बैंकका कन्ट्री डाइरेक्टर केनिची ओहासी जापान, बुटवल उप–महा नगरपालिका नगरप्रमुख शिवराज सुवेदी पूर्व नगरप्रमुख सुर्य प्रसाद प्रधान, नेपाल सरकारका पूर्वसचिव महाश्रम शर्मा, तत्कालीन रुपन्देहीका प्रमुख जिल्ला अधिकारीहरु तारानाथ गौतम, स्थानेस्वर देवकोटाबाट समुदघाटन भएका भौतिक संरचनाहरु रहेका छन् ।

विद्यालयमा नेपाल सरकारका पूर्व सभामुख रामचन्द्र पौडेल, बहालवाला दर्जनौं मन्त्रीहरु सर्वोच्च अदालतका न्यायाधिश ईश्वरराज खतिवडा, नेपाल सरकारका सचिवहरु, राष्ट्रिय योजना आयोगका सदस्यहरु, त्रिवि उपकुलपति शिक्षाध्यक्ष, कम्बोडियाका शिक्षा राज्यमन्त्री महामहिम हिंगेसिंगे, नर्वे र फिनल्याण्डका राजदूतहरु दर्जनौं संघीय सांसद प्रेदेश मन्त्रीहरु, प्रदेश सभामुख, प्रदेश सभा सदस्य, दर्जनौ प्राध्यापक एवं डाक्टरहरु लगायत शिक्षाविद् स्वदेश तथा विदेशका उच्च पदस्थ व्यक्तिहरु रुपन्देहीका दर्जनौ प्रमुख जिल्ला अधिकारीहरुबाट विद्यालयको अनुगमन तथा निरीक्षण सम्पन्न भएको प्रअ बस्नेतले जानकारी दिए ।

विद्यालयमा प्रदेश सभा सदस्य दधिराम न्यौपानेको नेतृत्वको प्राध्यापक सेवा निवृत्त कर्मचारी, कानून व्यवसायी, उद्योगी, ब्यापारी, शिक्षाप्रेमी, समाजसेवी रहेको ३३ सदस्यीय सल्लाहकार समिति रहेको छ ।

विद्यालयमा युवा व्यवसायी कृष्णप्रसाद खरेल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ भने युवा निर्माण व्यवसायी मदन विष्ट शिक्षक अभिभावक सङ्घको अध्यक्ष रहेका छन् । विद्यालयको स्वामित्वमा २ बिघा १० कट्ठा जग्गा रहेको छ २२३८ विद्यार्थीहरु, ९४ शिक्षक तथा कर्मचारी कार्यरत रहेको कक्षा ११को २०७६ क्षेत्रको व्यवस्थापन संकाय बोर्ड परीक्षामा अपेक्षा चौधरीले ५ नम्बर प्रदेशमा ३.७६ जीपीए ल्याई उत्कृष्ट भएकी थिइन् सुजाता खरेल २०७६ मा पुल्चोक इन्जिनियरिङमा पूर्ण छात्रवृत्तिमा नाम निकालेकी छन् भने सिभिल इन्जिनियरिङका ६जना विद्यार्थीहरुले हालैमात्र लोकसेवा आयोगबाट सब ओवेरसेयरमा छनौट भएका छन् ।

प्रतिकृया दिनुहोस्