दाङ । बस दुर्घटना हुँदा मंगलबार तुलसीपुरमा एक विद्यार्थीको मृत्यु भएको छ । तुलसीपुरस्थित पब्लिक ज्ञानज्योति कलेजको रा१ख ४३३ नम्बरको बस तुलसीपुर–१५ सरैया डाँडामा दुर्घटनाग्रस्त हुँदा १२ कक्षामा अध्ययनरत तुलसीपुर–१६ की सम्झना केसीको मृत्यु भएको हो ।

दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ । अरू घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

बिहान विद्यार्थी लिएर कलेजतर्फ जाँदै गरेको बस ‘ब्रेक फेल’ भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्