काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह गणित विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको लागि चैत १५ गते सामान्यतर्फको र असोज ९ गते विषयगत सञ्चालन गरेको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार माग गरेभन्दा ४७.२० प्रतिशत अनुत्तीर्ण भएका छन् । आयोगले सबै प्रदेश गरी २८६ रिक्त रहेको दरबन्दीको लागि जम्मा १३५ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् । नतिजा अनुसार ५२.७९ मात्रै उत्तीर्ण भएका छन् ।  आयोगले असोज २८ र २८ गते अन्तर्वार्ताको हुने जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्