काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा डा. महाश्रम शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले पुर्व सचिव शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जनामध्येबाट पाँच जनाको नाम सर्ट लिस्ट गरिएको थियो । सर्ट लिस्टमा शर्मासँगै हल्दिवारी गाउँपालिका एक झापाका प्रा.डा.घनश्याम भट्टराई, बुढानीलकण्ठ नगरपालिका–९ काठमाडौंका दुर्गाप्रसाद पाण्डे, काठमाडौं महानगरपालिका ३० काठमाडौका प्रा.डा. महानन्द चालिसे, किर्तिपुर नगरपालिका–५, काठमाडौंका प्रा.डा. शोभाखर कंडेल रहेका थिए ।

सूचीकृत उम्मेदवारको अवधारणापत्र र कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका आधारमा एकजनालाई नियुक्त गरिएको हो ।

अध्यक्षको नाम सिफारिस गर्नका लागि लोकसेवा आयोगको अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा समिति गठन गरिएको थियो । बोर्डका तत्कालिन अध्यक्ष प्रा.डा.चन्द्रमणी पौडेलको कार्यकाल गत असोज २४ गते सकिएपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले गत कात्तिक १० गते सिफारिस समित गठन गरेका थिए ।

प्रतिकृया दिनुहोस्