गुरुको सम्मान गरौँ

Byएजुकेशन पाटी

२ भाद्र २०७७, मंगलवार ,
सिद्यान्त यादव

हामीलाई ज्ञानगुणका कुरा
सिकाउने हुन् हाम्रा गुरु
उहाँबाट नयाँ कुरा सिक्ने
हामी हौँ सिकारु

हाम्रा प्रथम गुरु
हुन् हाम्रा मातापिता
गर्नुपर्छ हामी सबैले
उहाँहरुका सम्मान् सदा

गुरुका चित्त दुखाउने
काम हामी नगरौँ
गुरुलाई गर्व होस्
भन्ने कर्म हामी गरौँ

शिक्षा र ज्ञानको
गुरु हुन् सागर
उहाँका आज्ञाको पालना गरी
गुरुका गरौँ हामी आदर

अज्ञानताको अन्धकारलाई हटाइ
गुरु ज्ञानको प्रकाश छर्दछन्
मिहिनेत गरी असल कर्म
गर्न हामीलाई गुरु प्रेरित गर्दछन्

आफ्नो अमूल्य समय त्यागेर
गुरु हाम्रो हितको बारेमा सोच्दछन्
हामीबाट केही भुल भएमा
गुरु हामीलाई माफ गर्दछन्

हामीलाई बुद्धिमान् बनाउने
हुन् हाम्रा शिक्षक
हामीलाई असल व्यक्ति बनाउने
गरु हुन् हाम्रा मार्गदर्शक

कक्षाः ६
बूढानीलकण्ठ स्कूल, नारायणस्थान, काठमाडौँ।

प्रतिकृया दिनुहोस्