काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइलाई निरन्तरता दिने भएको छ । बुधवार गाउँपालिकाका उपाध्यक्ष मिङ्मा लामाले छैठौं गाउँसभामा आर्थिक वर्ष २०७७–७८ को बजेट प्रस्तुत गर्दै कोभिड–१९ का कारण अवरुद्ध शिक्षण सिकाइलाई सुचारु गर्न विभिन्न वैकल्पिक माध्यम अपनाइने बताइन् ।

अवरुद्ध शिक्षण सिकाइलाई प्रविधिमा आधारित डिजिटल एजुकेशनमार्फत् अगाढि बढाइने भन्दै उपाध्यक्ष लामाले माध्यमिक तह सम्मको शिक्षालाई निशुल्क बनाउने गाउपालिकाको योजना सुनाइन् ।

विद्यालय शिक्षामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यालय समायोजन एवं एकिकरण तथा विद्यालयमा सुशासन प्रवद्र्धनगर्ने कामलाई पुर्णता दिन साथै शिक्षा विकास तर्फ ६० लाख रकम विनियोजन गरेको उनले बताइन् ।

जेष्ठ नागरिकहरुको सम्मान र संरक्षण, महिलाहरुको शशक्तिकरण, महिला उद्यमशिलताको विकास र बालबालिकाहरुको संरक्षणका लागि आवश्यक रकम विनियोजन गरेको उनले बताइन् ।

हेर्नुहोस् बजेटको पूर्णपाठ

कोन्ज्योसोम गाउँपालिकाको छैठौं गाउँसभामा २०७७ साल आषाढ १० गते बुधवार गाउँपालिकाका उपाध्यक्ष श्री मिङमा लामाज्यूले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७-७८ को बजेट बक्तव्य

गाउँसभाका अध्यक्ष महोदय,

१. नेपालको संविधानले प्रदान गरेको संवैधानिक अधिकारको प्रयोग गर्दै यस गाउँपालिकाको गाउँसभा समक्ष आ.व. २०७७/०७८ को अनुमानित आय/व्ययको विवरण पेश गर्न पाउँदा मैले गौरवको अनुभूती गरेको छु । नेपालको संघिय संरचना अन्तर्गत जनतासँग नजिकबाट प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारको महत्व, भूमिका र औचित्य सम्पुर्ण गाउँबासिमा बोध गराउने सुखद समयलाई स्मरण गर्न चाहन्छु । यस गौरबमय अवसरमा विभिन्न सशस्त्र संघर्ष तथा लोकतान्त्रिक आन्दोलन मार्फत नेपालको नया संविधान र संघीय संरचना स्थापनार्थ जीवन उत्सर्ग गर्नुहुने सम्पुर्ण ज्ञात अज्ञात सहिदहरु प्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्दै घाइते, अपाङ्गता भएका तथा वेपत्ता पारिएका नागरिकहरुप्रति उच्च सम्मान र आदर प्रकट गर्दछु ।

२. नेपालको संविधानले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था मार्फत समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाँक्षा पुरा गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्य प्राप्तिका लागि यस कोन्ज्योसोम गाउँपालिका सधै क्रियाशिल रहनेछ । साथै अवको हाम्रो दिर्घकालिन सोच“कृषि, पर्यटन, सस्कृति, वातावरण र पूर्वाधार: सुशासनयुक्त, सभ्य र समृद्ध कोन्ज्योसोमको आधार” लाई आत्मसाथ गर्दै यस गाउँपालिका क्षेत्रलाई नेपालकै एक नमुना, सभ्य, सुशासनयुक्त, शान्त, समुन्नत र जीवन्त गाउँपालिकाको रुपमा विकास गर्नु हुनेछ ।

३. यस सम्मानित सभामा बजेट तथा कार्यक्रमहरु प्रस्ताव गर्दा नेपालको संविधानले निर्देशित गरेको स्थानीय सरकारको काम, कर्तव्य तथा अधिकार, स्थानीय सरकार संचालन ऐन, २०७४ मा भएको व्यवस्था, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, २०७४ मा भएको व्यवस्था, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको व्यवस्था, संघीय र प्रदेश सरकारको समानिकरण अनुदान, राजश्व वाँडफाँडको सिलिङ्ग सहितको मार्गदर्शन, वडा भेलाका क्रममा आम गाउँबासीहरुबाट आएका सल्लाह र सुझाव तथा आजै केहि समय अगाडि यस गाउँसभा समक्ष पेश भएको आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमलाई मुख्य मार्ग दर्शनको रुपमा लिइएको छ ।

सभा अध्यक्ष महोदय,

४. चालु आर्थिक वर्ष २०७६/०७७ मा यस स्थानीय सरकारले यसै सभा समक्षरु. ३७ करोड ८० लाख १८ हजार (संसोधित) को आय व्ययकोविवरण पेशगरेको थियो । जसमा चालु तर्फ २१ करोड ३५ लाख १३ हजार र पूँजिगत तर्फ रु. १६ करोड ४५ लाख ५ हजारविनियोजन भएकोमा २०७७ साल असार ९ गते सम्मको तथ्याङ्क अनुसार चालु तर्फ रु. १५ करोड ९७ लाख ८२ हजार ७ सय २६ रुपयाँ १८ पैसा अर्थात विनियोजनको ७४.८४प्रतिशत र पूँजीगत तर्फ रु. ५ करोड ९६ लाख १५ हजार ५ सय छत्तिस रुपयाँ ९६ पैसा अर्थात विनियोजनको ३६.२४ प्रतिशत खर्च भएको देखिन्छ। जसमा गाउँपालिकका केही महत्वपूर्ण आयोजनाहरु जस्तै : कोन्ज्योसोम प्रतिमा निर्माण, दलचोकी भ्यू टावर निर्माण, चौघरे लिफ्टीङ खानेपानी आयोजना, दलचोकी लिफ्टीङ खानेपानी, काम्लेचौर खेल मैदान निर्माण लगायतका अधिकाशं आयोजनाहरुको DPR तयार भएका छन भने कोन्ज्योसोम प्रतिमा निर्माण कार्य सञ्चालनमा रहेको, सिमभञ्ज्याङ्ग दलचोकी सडकखण्डको ग्राभलिङ्गको कार्य सम्पन्न भएको, काभे्र पनौती जोड्ने सडकको ट्रयाक खोल्ने कार्य शुरु भएकोे, दलचोकी भ्यू टावर निर्माण कार्यको थालनी भएको, चौघरे लिफ्टीङ खानेपानी आयोजनाको निर्माण कार्य अन्तिमा चरणमा पुगेको, नल्लु करिडोर सडकको स्तरोन्नती भएको, गाउँपालिकाको प्रशासकीय भवन निर्माणको कार्य भइरहेको, शंखु छ्र्यौदेन निर्माणको कार्य भइरहेको लगायत यस गाउँपालिका भित्रका अधिकांश आयोजनाहरुको निर्माण कार्यहरु सम्पन्न भई भुक्तानी समेत भइसकेको विषयलाई यस सम्मानित सभालाई अवगत गराउन चाहन्छु ।

५. त्यस्तै गरी यस गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७७/७८को आन्तरिक आय रु. ६० लाख, नेपाल सरकारको वित्तिय समानिकरण तर्फ रु. ६ करोड ७१ लाख, प्रदेश सरकारको वित्तिय समनिकरण अनुदान रु.९८ लाख ७४ हजार, चालु आ.व. हस्तान्तरित हुने अनुमानित नगद मौज्दात रु. १ करोड ५० लाख, नेपाल सरकारको राजस्व वाँडफाँडबाट रु. ४ करोड १२ लाख ३६ हजार, प्रदेश सरकारकोे राजस्व वाँडफाँडबाट रु. १ करोड ७ लाख १९ हजार, नेपाल सरकारबाट सशर्त अनुदानबाट रु. १३ करोड २६ लाख,प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान रु. १ करोड ५८ लाख १८ हजार, नेपाल सरकारबाट प्राप्त विशेष अनुदान रकम रु. २ करोड, प्रदेश सरकार विशेष अनुदान रु. ५० लाख, प्रदेश समपुरक अनुदान रु. ९९ लाख ९६ हजार,सामाजिक सुरक्षा भत्ता शीर्षकबाट प्राप्त हुने सशर्त अनुदानरु.२ करोड १५ लाख र स्थानीय विपद व्यवस्थापन कोषमा अनुमानित मौज्दात रु. ४७ लाख, जिल्ला समन्वय समितिको कार्यालय, ललितपुरबाट प्राप्त हुने रकम रु. ३ करोडगरी कुल रु. ३८ करोड ९५ लाख ४३ हजार बराबरको अनुमानित आय प्रस्तुत गरेको छु ।यस मध्ये पुर्वाधार विकास तर्फ रु.९ करोड ७८ लाख ९५ हजार (समपुरक कोष सहित), सामाजिक विकास तर्फ रु. १५ करोड ५५ लाख १८ हजार, र्आिर्थक विकास तर्फ रु. ६ करोड २८ लाख ८३ हजार, वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ रु. ६३ लाख ५५ हजार (भैपरी आउने खर्च सहित), सुशासन तथा संस्थागत क्षमता विकास तर्फ रु. ३० लाख र सञ्चालन तर्फ रु. ६ करोड १६ लाख ४९ हजार तथा नेपाल सरकारबाट प्राप्त हुने सर्शत अनुदान र सामाजिक सुरक्षा भत्ता तथा प्रदेश सरकारबाट प्राप्त हुने सर्शत अनुदानलाई सोही अनुरुप विनियोजन हुने गरी सम्मानित सभा समक्ष पेश गरेको छु ।

सभा अध्यक्ष महोदय,

अव म आगामी आ.व. का लागि प्रस्ताव गरिएका प्रमुख आयोजना तथा कार्यक्रमहरुको बारेमा विषयगत रुपमा प्रस्तुत गर्न चाहन्छु ।

भौतिक पूर्वाधार विकास तर्फ :

१. यस गाउँपालिकाको प्रथम पञ्च बर्षीय योजनाले तय गरेको दिर्घकालिन सोच “कृषि, पर्यटन, सस्कृति, वातावरण र पूर्वाधार ः सुशासनयुक्त, सभ्य र समृद्ध कोन्ज्योसोमको आधार”लाई सार्थक बनाउन तथा समृद्ध तथा समुन्नत कोन्ज्योसोम निर्माणका लागि बहुआयामिक विकासको थालनी गर्ने गरीपर्याप्त बजेटको विनियोजन गरेको छु ।

२. गाउँपालिकाका सबै क्षेत्रको सन्तुलित विकासका लागि निर्धारण गरिएका गाउँ गौरवकाआयोजनाहरु कोन्ज्योसोम प्रतिमा निर्माण आयोजना, चौघरे खानेपानी आयोजना, दलचोकी खानेपानी आयोजना, दलचोकी भ्यू टावर निर्माण आयोजना, भारदेउदेखि काभे्र पनौती जोड्ने सडक आयोजना, काम्लेचौर फुटवल ग्राउण्ड, नल्लु करीडोर सडक आयोजना, सिमभञ्ज्याङ्ग दलचोकी सडक आयोजना र कतुवन–शंखु–भट्टेडाँडा सडक आयोजना लगायतका योजनाहरुका लागिपर्याप्त बजेट विनियोजन गरिएको छ । त्यस्तै गाउँबस्ति स्तरबाट संकलन भई आएका वडा स्तरका योजनाहरु तथा वडाबाट गाउँपालिकामा माग भई आएका पूर्वाधार विकास तर्फका महत्वपुर्ण आयोजनाहरुको निर्माणका लागि पूर्वाधार विकास तर्फ जम्मा रु. ९ करोड ७८ लाख ९५ हजार विनियोजन गरेको छु ।

३. गाउँपालिका भित्र विकास गरिने महत्वपुर्ण भौतिक पूर्वाधार निर्माणका लागिप्रारम्भमै आवश्यक पर्ने प्रारम्भिक वातावरणीय मूल्याङ्कन (IEE)र विस्तृत परियोजना प्रतिवेदन (DPR)तयारीका लागि आवश्यक बजेटको व्यवस्थागरेको छु ।

आर्थिक विकास तर्फ :

४. आगामी आ.व. लाई यस गाउँपालिकाले कृषि तथा पशुपक्षी बर्ष कै रुपमा मनाउँदै कोरोना भाइरस (COVID-19) का कारण विदेशमा रोजगारी गुमाई स्वदेश फर्किएका युवाहरुलाई लक्षित कृषि तथा पशुपालनको क्षेत्रमा स्वरोजगार सिर्जना गर्न तथागाउँपालिकाको विकासको प्रमुख आधार नै कृषि तथा पशुपक्षी क्षेत्रको आधुनिकरण, व्यवसायिकरण र बजारीकरण रहेको कुरालाई हृदयङ्गम गर्दै कृषि विकास कार्यक्रमका लागि रु. ५० लाख तथा पशु विकास कार्यक्रमका लागि रु. ६० लाख रकम विनियोजन गरेको छु ।

५. यस कोन्ज्योसोम गाउँपालिका भित्र सञ्चालनमा रहेका सडक लगायतका अन्य पूर्वाधारहरुको मर्मत संभार गरी रोजगारी मार्फत गरिवी न्यूनीकरण गर्न “ जनतासँग अध्यक्ष रोजगार कार्यक्रम ” का लागि रु. ४० लाख तथा विभिन्न क्षेत्र, जातजाती, सम्प्रदाय लगायतका विपन्न बर्गका महिलाहरुको उत्थानका लागि उपाध्यक्ष महिला उद्यमशिलता कार्यक्रमका लागि रु. १० लाख रकम विनियोजन गरेको छु ।

सामाजिक विकास तर्फ:

६. COVID-19 को बढ्दो संक्रमणका कारण अवरुद्ध भएको पठनपाठनलाई सुचारु गर्न बैकल्पिक विधी प्रयोग गर्न, प्रविधिमा आधारित Digital Education को शुरुवात गर्न, माध्यमिक तह सम्मको शिक्षालाई निशुल्क बनाउने गाउपालिकाको योजनालाई सहयोग पु¥याउन, विद्यालय शिक्षामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यालय समायोजन एवं एकिकरण तथा विद्यालयमा सुशासन प्रवद्र्धन गर्न पुर्णता दिनशिक्षा विकास तर्फ रु. ६० लाख रकम विनियोजन गरेको छु ।

७. जेष्ठ नागरिकहरुको सम्मान र संरक्षण, महिलाहरुको शशक्तिकरण, महिला उद्यमशिलताको विकास र बालबालिकाहरुको संरक्षणका लागि आवश्यक रकम विनियोजन गरेको छु ।

८. आधारभूत स्वास्थ्य सेवामा सबैको पहँुच र सुनिश्चितताका लागि गाउँपालिका भित्रका स्वास्थ्य सँस्थाले दिदै आएको सेवालाई थप प्रभावकारी बनाउन मुटु, मृगौला, क्यान्सर लगायतका घातक रोगका विरामीहरुलाई यथासक्य सहयोग गर्न तथा प्रजनन उमेर समुहका महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि प्रजनन उमेर समुहका महिलाहरुलाई निशुल्क स्यानिटरी प्याड वितरण गर्न, गाँउपालिका केन्द्रसँगै रहेको चौघरे स्वास्थ्य चौकिमा ल्याब सेवा सञ्चालन गर्न,, सामुदायिक स्वास्थ्य इकाइ र खोपकेन्द्र भवन निर्माण कार्य सम्पन्न गर्न, महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई प्रोत्साहन स्वरुप यातायात खर्च उपलब्ध गराउन लगायतका कार्यक्रमको लागि रु ५० लाख विनियोजन गरेको छु ।

९. चौघरे लिफ्टीङ खानेपानी आयोजनालाई निरन्तरता दिन, कोन्ज्योसोम प्रतिमा गुप्तेश्वरमहादेव मन्दिर लिफ्टीङ खानेपानी आयोजना सञ्चालन गरि गाउँपालिकाले लिएको एक घर, एक धारा, एक मिटर, एक धुवाँ रहित चुलो कार्यक्रमलाई सार्थक बनाउन आवश्यक रकमको विनियोजन गरेको छु ।

१०. गाउँपालिकाका युवा तथा खेल प्रेमीहरुलाई स्वास्थ्य र अनुशासित बनाई उत्कृष्ट खेलाडी उत्पादनमा सहयोग पु¥याउन, अन्तर स्थानीय तह खेलकुद प्रतियोगिताहरु आयोजना गर्न तथा कोन्ज्योसोम अध्यक्ष कप फुटवल तथा उपाध्यक्ष मैत्री खेलकुद प्रतियोगितालाई निरन्तरता दिदै गाँउपालिका स्तरिय युवा तथा खेलकुद परिषद वा समिती गठन गर्न आवश्यक बजेटको विनियोजन गरेको छु ।

वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ :

११. विभिन्न स्थानमा रहेका खाली जमिनहरुका साथै विकास निर्माणका कार्यहरुबाट भु–क्षय भएका क्षेत्रहरुमा वृक्षारोपण गर्न तथा गाउँपालिका भित्र रहेका सामुदायिक वनहरुलाई व्यवस्थित गर्दै त्यस्ता वन क्षत्रहरुमा जडिवुटी, गैरकाष्ठ वन पैदावार र आय आर्जनका विविध कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।

१२. भूसंरक्षण, जलाधार व्यवस्थापन र जलउत्पन्न प्रकोप न्यूनीकरणका लागि कार्यक्रमहरु सञ्चालन गर्न तथा विपद जोखिम न्यूनिकरण, जलवायु परिवर्तनको असर न्यूनीकरण, covid-19 जस्ता विश्वव्यापी महामारी रोग नियन्त्रण तथा रोकथाम आदि कार्यको लागि विपद व्यवस्थापन कोषमा रु ४७ लाख बजेटविनियोजन गरेको छु ।

सुशासन तथा संस्थागत विकास तर्फ :

१३. संवैधानिक रुपमा व्यस्था भए बमोजिम स्थानीय तहमा प्राप्त न्यायिक अधिकारहरुको प्रयोग गरी क्षेत्राधिकार भित्र रहेर न्याय निरुपणलाई प्रभावकारी, चुस्त र दुरुस्त बनाउने उदेश्यले यस गाउँपालिकामा रहेको न्यायिक समितिलाई साधन श्रोत सम्पन्न बनाउन तथा समितिका पदाधिकारीहरु र मेलमिलापकर्ताहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न आवश्यक रकमको विनियोजन गरेको छु ।

१४. गाउँ कार्यपालिकाकोकार्यालय तथा अन्य सम्पुर्ण वडा कार्यालयहरुबाट प्रवाह हुने सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी र गुणस्तरयुक्त बनाउन तथा E- Governance र Paperless Governance को नीतिलाई आत्मसाथ गर्न गाउँकार्यपालिकाको कार्यालय तथा सबै वडा कार्यालयहरुमा इन्टरनेट सेवा पु¥याउन, Digital citizen charter( डिजिटल नागरिक बडापत्र) तथा Digital village profile तयार गर्न आवश्यक रकमको विनियोजन गरेकोछु ।

१५. निर्वाचित जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास गरी निर्णायक कार्यलाई व्यवस्थित तथा भरपर्दो बनाउन तथा कर्मचारीहरुको प्रशासनिक तथा सेवा प्रवाह क्षमतामा वृद्धि गरी सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित र प्रविधि मैत्री बनाउने कार्यलाई सहयोग पु¥याउन आवश्यक पर्ने रकमको विनियोजन गरेको छु ।

सभा अध्यक्ष महोदय,

अब म आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक २०७७ प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

विनियोजन विधेयक, २०७७

कोन्ज्योसोम गाउँपालिकाको आर्थिक बर्ष २०७७÷०७८ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७

प्रस्तावना ः कोन्ज्योसोम गाउँपालिकाको आर्थिक बर्ष २०७७÷०७८ को सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप–धारा (२) बमोजिम कोन्ज्योसोम गाउँपालिकाको छैठौं गाउँसभाबाट स्वीकृत गर्नका लागि यो विधेयक पेश गरेको छु ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस विधेयकको नाम “ कोन्ज्योसोम गाउँपालिकाको विनियोजन विधेयक, २०७७” रहेको छ ।

(२) यो विधेयक सभा वाट स्वीकृत भइ स्थानीय राजपत्रमा सूूचना प्रकाशित गरी मिति २०७७/०४/०१ देखि लागूू हुनेछ ।

२. आर्थिक वर्ष २०७७/०७८ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार : (१) आर्थिक वर्ष २०७७/०७८ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाहरुले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसुची (१) मा उल्लिखित चालु खर्च, पुँजिगत खर्च र बित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. ३८,९५,४३,०००।– (अक्षेरुपी अठतिस करोड पन्चानब्बे लाख त्रिचालीस हजार रुपैया मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन ः (१) यस विधेयकद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७७÷०७८ को निमित्त कोन्ज्योसोम गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकासा र खर्च जनाउन सकिनेछ । पँुजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालु खर्च शीर्षकतर्फ सार्न र बित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ बिनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पुँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि गाउँसभा नबसेको अवस्थामा गाउँपालिकालाइ कुुनै रकम कुुनै श्रोतबाट प्राप्त भएको अवस्थामा सो रकम कार्यक्रम बनाई गाउँ कार्यपालिकाले निर्णय गरी खर्च गर्न सक्नेछ । यस्तो खर्च लगत्तै बस्ने गाउँसभाबाट अनुुमोदन गराउनुु पर्नेछ ।

सभा अध्यक्ष महोदय,

अब म आर्थिक वर्ष २०७७/०७८ को आर्थिक विधेयक २०७७ प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

१६. प्रस्तुत वजेट तर्जुमा गर्दा मार्गदर्शन गर्नुहुने गाउँपालिकाका अध्यक्ष ज्यू, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिकाका सदस्य ज्यूहरु प्रति हार्दिक आभार प्रकट गर्दछु । बजेट तर्जुमाको क्रममा सहयोग गर्नुहुने विषयगत समितिका पदाधिकारीहरु, गाउँसभाका सदस्यहरुलाई धन्यवाद दिन चाहन्छु । बजेटका सिद्धान्त र प्राथमिकता माथि रचनात्मक सुझाव दिनुहुने सबै राजनीतिक दल, स्थानीय बुद्धिजीवि, नागरिक समाज, नीजि क्षेत्र, सञ्चार जगत एवम् सरोकारवाला सबैलाई विशेष धन्यवाद दिन चाहन्छु र बजेट निर्माणका क्रममा नीतिगत तथा कानुनी र प्रशासनिक कार्यमा अहोरात्र खटिई सहयोग गर्नुहुने राष्ट्रसेवक कर्मचारीहरुलाई समेत धन्यवाद दिन चाहन्छु ।

१७अन्तमा, बजेट कार्यन्वयनमा सरोकारवाला सबैको सहयोगको अपेक्षा राख्दै गाउँपालिका बासी सबै दिदीबहिनी तथा दाजुभाईहरुलाई कोभिड–१९ को जोखिमबाट सुरक्षित रहनुहुन अनुरोध गर्दै “कृषि, पर्यटन, संस्कृति, वातवारण र पूर्वाधारः सुशासन युक्त, सभ्य र समृद्ध कोन्ज्योसोमको आधार” भन्ने गाउँपालिकाको दिर्घकालीन सोचलाई साकार पार्ने कार्यमा यहाँहरु सबैलाई योगदान गर्न आह्वान गर्दछु ।

धन्यवाद ।

अनुसूचीहरु

आ.व.0७७/७८को अनुमानित आय/व्ययको विवरण तपसिल बमोजिम रहेको छ ।

तपशिलः
आय तर्फ व्ययतर्फ
क्र.स. श्रोत बजेट रु. हजारमा क्र.स. क्षेत्र बजेट रु. हजारमा
संघियसमानीकरण अनुदान ६७१०० ५ वटै वडमा विकास बजेट २७५००
प्रदेशसमानीकरण अनुदान ९८७४ शिक्षा शाखा कार्यक्रम ६०००
संघियराजश्व बाँडफाँड अनुदान ४१२३६ स्वास्थ्य शाखा कार्यक्रम ५०००
प्रदेशराजश्व बाँडफाँड अनुदान १०७१९ कृषि विकास कार्यक्रम ५०००
आ.व.076/77 को अ.ल्या. १५००० पशु विकास कार्यक्रम ६०००
जि.स.स. कोष बाट प्राप्तहुने रकम ३०००० संघिय विशेष अनुदान चौघरे खानेपानी २००००
संघियशसर्त अनुदान १३२६०० प्रदेशसमपुरक अनुदान ९९९६
प्रदेशशसर्त अनुदान १५८१८ प्रदेशविशेष अनुदान ५०००
संघियविशेष अनुदान २०००० सामाजिकसुरक्षा कार्यक्रम २१५००
१० प्रदेशविशेषअनुदान ५००० १० चालु खर्च गाउँपालिका र वडा समेत ६१६४९
११ प्रदेशसमपुरक अनुदान ९९९६ ११ समपुरक कोष १२१३३
१२ सामाजिकसुरक्षा कार्यक्रम २१५०० १२ संघिय शसर्त अनुदान १३२६००
१३ आन्तरिक आय ६००० १३ प्रदेशशसर्त अनुदान १५८१८
१४ स्थानीय विपद व्यवस्थापन कोष मौज्दात 4700 १४ स्थानीय विपद व्यवस्थापन कोष ४७००
15 गाउँपालिकाबाट सञ्चालित योजना तथा कार्यक्रमहरु ५६६४७
जम्मा आयतर्फ ३८९५४३ जम्मा व्ययतर्फ ३८९५४३

आ.व.077/78को अनुमानित व्यय तथा गाउँपालिका बाट सञ्चालित योजना तथा कार्यक्रमहरु

क्र.स. योजनाकोनाम बजेटरु. हजारमा खर्चव्यहोर्ने श्रोत
संघियविशेष अनुदान चौघरे खानेपानी २०००० संघ विशेष
प्रदेशसमपुरक अनुदान कोन्ज्योसोम प्रतिमा निर्माण ९९९६ प्रदेशसमपुरक
प्रदेशविशेष अनुदान दलचोकी खानेपानी ५००० प्रदेशविशेष
सामाजिकसुरक्षा २१५०० संघ सशर्त
चालु खर्चगाउँपालिका र वडा समेत ६१६४९ राजश्व बाँडफाँड संघ, प्रदेश र आन्तरिक श्रोत र नगद अनुदान
संघियसशर्त अनुदान कार्यक्रम १३२६०० संघियसशर्त
प्रदेशसशर्त अनुदान कार्यक्रम १५८१८ प्रदेशसशर्त
गाउँपालिकाभवन निर्माण क्रमागत 15000 जि.स.स.कोषबाट
५ वटावडाको विकास वजेट 27500 संघिय वित्तिय समानीकरण अनुदान, प्रदेशसमानीकरण अनुदान, जि.स.स. कोष र आन्तरिकश्रोत बाट
१० कोन्ज्योसोमप्रतिमा निर्माण 10000
११ शिक्षाशाखा 6000
१२ स्वास्थ्यशाखा 5000
१३ कृषिशाखा 5000
१४ पशु शाखा 6000
१५ वन तथावातावरण संरक्षण कार्यक्रम 580
१६ महिला,वालबालिका,दलित,अपाङ्ग,जेष्ठनागरिकतथा सिमान्तकृत समुदाय लक्षितकार्यक्रम 1600
१७ न्यायीकसमिति 500
१८ प्रजनन् उमेर समुहकामहिलाहरुलाई स्यानिटरी प्याड वितरण कार्यक्रम 2500
२० शंखु -सोचे मोटरबाटो स्तरउन्नती 1000
२१ नल्लुकरिडोर मोटरबाटो स्तरउन्नती 2000
२२ मगर गाउँ -उनीचौर मोटरबाटो स्तरउन्नती 2000
२३ बालेश्वरीमा.वि. घेरवार 1000
२४ काभ्रेपनौति जोड्ने मोटरबाटो निर्माण 1000
२५ छाप्रोडाँडा देखि कोन्ज्योसोम प्रतिमा जाने बाटो 1500
२६ तिनपानेक्वाक्लिङ सिलिङगे सडक 1000
२७ नेवा भगवतिमन्दिर 400
२८ कृष्णप्रमाणी मन्दिर व्यावस्थापन शंखु 500
२९ जनतासँगअध्यक्ष रोजगार कार्यक्रम 4000
३० शंखुमनेचौर स्तुपा स्तरउन्नती 500
३१ काम्लेचौरखेलमैदान स्तरउन्नती 2000
३२ महिलाहरुसँग उपाध्यक्ष उद्धमशिलता कार्यक्रम 1000
३३ गुप्तेवरसामुदायीक वन उपभोक्ता समिति भवन निर्माण 1000
३५ समपुरक कोषकोन्ज्योसोम प्रतिमा निर्माण 10000
३६ समपुरक कोषलागत साझेदारीमा भैंसी प्रवर्द्घन कार्यक्रम 2133
३७ चौघरेकुसुम निर्माण क्रमागत योजना 600
३८ खोतर -अमरबोट मोटरबाटो निर्माण 500
३९ गाउँपालिकाको Digital profile निर्माण 1800
४० कोन्ज्योसोम प्रतिमा निर्माण क्षेत्रको संक्षिप्त वातावरणीयअध्यायन Mini IEE 500
४१ शुसाशनप्रबर्धन कार्यक्रम जस्तैः डिजिटल नागरिक बडापत्र,गुनासो पेटिका, सुचना पाटि, गाउँपालिका प्रबेशद्वारमा राखिने बोड आदी १२००
४२ सरस्वतिमा.वि. भवन मर्मत 500
४३ भारदेउशाखा मोटरबाटो 1000
४४ लोप्चन टोल देखिगाउँपालिका नयाँ भवन सम्म सडक स्तरउन्नती १०००
४५ मानव सेवाआश्रम(मानवीय भावना विकास कार्यक्रम) ५०
४६ अन्य विविध २१७
४७ सहकारीप्रवर्द्धन कार्यक्रम 200
४८ स्थानीय विपदव्यवस्थापन कोष ४७०० नगद
कुल जम्मा ३८९५४३  
नोटः चालु आ.व.076/77मा सञ्चालित गाउँपालिकाको आवधिक योजनानिर्माणको बाँकी कामलाई आगामी आ.व.077/78मा पनि सोही शिर्षकको बजेटबाटनिरन्तरता दिई कार्यसम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्