काठमाडौं। शिक्षक सेवा आयोगले माध्यमिक तहको खुला तर्फ १ हजार ५ सय ४७ दरवन्दीका लागि विज्ञापन गरेको छ । आयोगले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा  शिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।

आयोगले नेपाली विषयमा कूल २३१, अङ्ग्रेजी विषयमा ३१२, गणित विषयमा २८९, विज्ञान विषयमा ४३५, सामाजिक अध्ययन विषयमा २०१, अर्थशास्त्र विषयमा १० र कार्यालय सञ्चालन तथा लेखा विषयमा ५१ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

शिक्षा, शुक्लयजुर्वेद, स्वास्थ्य, संस्कृत व्यापकरण, संस्कृत भाषा, संस्कृत साहित्य, कम्प्युटर विज्ञान, न्यायजस्ता विषयमा शिक्षकका लागि दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ । १८ वर्ष उमेर पुगेर ४० वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ भने लिखित परीक्षा आगामी चैत १५ गतेका लागि निर्धारण गरिएको छ । शिक्षकका लागि आवेदन दिन शिक्षक सेवा आयोगको आधिकारिक अनलाइन https://www.tsc.gov.np/ दरखास्त प्रणालीमार्फत आगामी पुस २९ गतेसम्म अनलाइन दरखास्त दिनसक्ने व्यवस्था गरेको छ । माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

आयोगका अनुसार उक्त विज्ञापनको परीक्षा आगामी चैत्र १५ गते परीक्षा सञ्चालन हुने छ । आयोगले परीक्षा आवेदन फारम अनलाइनबाट पनि भर्न सकिने जनाएको छ ।

प्रतिकृया दिनुहोस्