काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सबै विद्यार्थीलाई कोभिड–१९ विरुद्ध खोपको व्यवस्था गरिने बताएका छन् । सरकारले विद्यार्थीलाई कोरोना खोप उपलब्ध गराउन प्राथमिकता दिएको उनले बताए।

शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले यस विषयमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीस‍ँग पनि यस विषयमा छलफल र समन्वय भइरहेको बताए । सरकारले छिटोभन्दा छिटो बालबालिकालाई पनि खोप लगाउने व्यवस्था गर्ने उनको भनाइ थियो ।

नेपालमा अब आउने खोप विद्यार्थीका लागि उपलब्ध गराउने सरकारको तयारी रहेको उनले जनाए । ढुवानी गरेर ल्याउन केही समय लाग्ने भएपनि ल्याएपछि सबै विद्यार्थीले खोप पाउँने उनले स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस्