आऊ लासहरूको ब्यापार गरौं

Avatar photo

Byएजुकेशन पाटी

१७ जेष्ठ २०७८, सोमबार
अर्जुनप्रकाश भुसाल

 

आऊ
लासहरूको
ब्यापार
गरौं।
खोलेर आखॅाको पट्टि
हेर त,
निकाल त
कानमा राखेको कपास,
सुन त:
क्रन्दन, चित्कार र रोदन।
यत्र-तत्र, छरपस्ट,
पोखिएका छन लासहरू
प्रत्येक चोक -चोकमा,
घर, पार्टी,पौवा अनि गोठहरूमा,
सर्बत्र सबैतिर,
बिस्कुन जसरि ,
जाम भएको छ आर्यघाट

आऊ
लासहरूको
ब्यापार
गरौं।

हो,
तिमीलाई सलाम छ
बन्द गर सबैतिर
नबनाउ कुनै क्वारेन्टाईन र आइसोलेसन,
चाहिदैन हस्पिटलमा, भेन्टिलेटर आईसियू र अक्सिजन।
पर्दैन गर्न केहि उपचार यहॅा,
किनकी यसैमा त फाईदा छ,

आऊ
लासहरूको
ब्यापार
गरौं।

खबरदार
!
नल्याउनु कुनै भ्याक्सिन, पर्दैन सुबिधा दिन स्वास्थ्यकर्मीलाई
खोप नदेऊ शिक्षक र बिद्यार्थीहरूलाई ,
पहिला बार्गेनिगॅ गर,
कमिशन मिलाउ,
सबै तिर ठप्प पार…..

आऊ
लासहरूको
ब्यापार
गरौं।

यो बेला त ब्यापार पो गर्नुछ,
पशुपतिमा
क्षमा
पुजा
पर्दैन

ठोरीमा
रामचन्द्रको
मन्दिर

फेरी तिमी
हेर्न डरायौ हो
किन धरहरामा चढ्छौ ?
अब सगरमाथामा चढ,
अझै माथी चन्द्रमाबाट हेरत
कतै बाहिर पनि बिक्रि गर्न सकिन्छ कि …….
धन्न तिमी भिमसेनको बाटो
हिड्छु भन्दै गर्दा
जगॅबहादुर बन्दै गयौ,
रातदिन आफ्नै आसनको
मात्र ध्यान दियौ,
केहि छैन मिसन पुरा गर्दैछौ,
रोम जल्दा निरोले झै
बासुरी बजाउ…
ढुक्क होउ
कमिसन पक्कै आउछ
सेटिगॅ बलियो छ……
सक्छौ भने हावा आउन
पनि बन्द गर
आऊ नयॅा ब्यापार गरौ
तिमी उपाएहरूमा चॅाबी लगाउ
बिकल्पहरूमा
किल्ला
ठोक

म लासहरूको थुप्रा गन्छु,

आऊ
लासहरूको
ब्यापार
गरौं।

खोल आखॅाको पट्टि
हेर त,
निकाल त
कानमा राखेको कपास।

प्रतिकृया दिनुहोस्