शिक्षकलाई सम्मान गरौं

Avatar photo

Byएजुकेशन पाटी

१४ भाद्र २०७७, आईतवार
जि.पि. उपाध्याय

शासक र प्रशासक दुवै बनाउनेलाई,
आफ्नो मनलाई सदैव सन्तोषजनक बनाउनेलाई ।।

आफू जलि समाजमा उज्यालो छर्नेलाई,
चेलालाई सदैव समान व्यवहार गर्नेलाई ।।

सिधा अक्षर लेख्न नजान्नेलाई लेख्न सिकाउनेलाई,
समाजकै लागि आफ्नो बोली सधै बिकाउनेलाई।।

यहाँसम्म पुग्नलाई प्रेरणा दिनेलाई,
शिक्षित समाज बनाउन जिम्मा लिनेलाई ।।

जो सुकैले जे भनेनी सच्चा कर्म गर्नेलाई,
सहि गलत जेगर्दा नि अगाडि पर्नेलाई।।

 

 

प्रतिकृया दिनुहोस्