के गल्ति गरेँ शिक्षक बनेर

Avatar photo

Byएजुकेशन पाटी

४ असार २०७७, बिहीबार
गणेश प्रसाद उपाध्याय

सिँगान पुछ्दै तेस्रो आँखा देखाएको छु,
जीवनभरी सेवा गर्न नाम लेखाएको छु ।
सबैको तारो बनीबनी अध्यापन गराएको छु,
तिम्रो भविष्य राम्रो होस् भनी कराएकोछु ।।

देश चलाउने व्यक्तिको नाम लेखाएको छु,
के गल्ति गरेँ र मैले उत्तम बाटो देखाएको छु ।
छाक टार्न आफ्नो बोली बिकाएको छु,
गल्ति गर्नुहुन्न भनेर सिकाएको छु ।।

सबै स्वार्थमा रहँदा नि स्वार्थ सेवा गरेको छु,
परिवारको इच्छा पूरा गर्न नसक्दा ओझेलमा परेको छु ।
विद्यार्थी जस्तै नियमित विद्यालय गएको छु,
यि नै हातले अध्यापन गरेर आज पीडित भएको छु ।।

शिक्षाविद जन्माएर आज मेरै विरुद्ध बोल्ने बनाएको छु,
त्यसो हुँदापनि आफ्नो मनलाई मनाएको छु ।
मैले उच्च ओहदामा पुग्ने बनाए के गल्ति गरेको छु,
आज तिमी शासकको नजरमा नराम्रो परेको छु ।।

विभिन्न सेवा क्षेत्रको जानकारी दिएर यहाँ सम्म पुगाएको छु,
बनावटी हाँसो हाँसेर आफ्ना पीडा लुकाएको छु ।
सबै जनतालाई तेस्रो आँखा देखाएर आज तिनैको तारो बनेको छु,
जे सुकै भनेपनि तिमीहरू सबैको भविष्य उज्ज्वल होस् भनेको छु ।।

(लेखक महांकाल जनजागृत मावि बूढानीलकण्ठ–८ गोल्फुटारका विज्ञान शिक्षक हुन् ।)

प्रतिकृया दिनुहोस्