काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउन अन्त्यभएसँगै विद्यालय पुनःसञ्चालन कार्यविधि ल्याउन लागेको छ । सरोकारवालाहरुको सुझाबसमेटेर छिट्टै कार्यविधि ल्याइने शिक्षा मन्त्रालयले जनाएको छ ।

यसै सन्दर्भमा मन्त्रालयले बुधवार विद्यालय पुनः सञ्चालन कार्य ढाँचा तय गर्न शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन अभिभावक महासंघ, इस्टुलगायतसँग छलफल गरेको हो ।

छलफलमा सरोकारवाला संस्थाहरुले आफ्नो संस्थाको धारणा र यस परिस्थितिमा आफ्नो संस्थालाई परेको अफ्ठ्यारोेको बारे गुनासो गरेका थिए । साथै, सबै समस्याको समाधान विद्यालय खोल्ने कुराले दिने भन्दै जतिसक्दो चाँडो विद्यालय खोल्ने वातावरण बनाउन मन्त्रालयलानई सुझाब दिएका थिए ।

यस्तै छलफलमा अभिभावक महासंघले सक्नेबाट शुल्क लिने व्यवस्था गर्दै विद्यालय सञ्चालनको वातावरण बनाइदिन शिक्षामन्त्रीसँग आग्रह गरेको थियो ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ विद्यालय पुनः सञ्चालन कार्यविधि सबैले दिएको सुझाबलाई समेटेर मन्त्रालयले छिटै सार्वजनिक गर्ने बताएका थिए । उनले कोभिड–१९ हामी कसैको कल्पना बाहिरको विषय भएको भन्दै त्यसको विरुद्ध सबैक्षेत्र एकजुट भएर जुध्नुपर्ने बताएका थिए ।

उनले यो लडाइँ जित्नै पर्ने भन्दै यसका लागि सबैको सामूहिक पहल जरुरी रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस्