काठमाडौं । कर्णाली प्रदेशले भर्चुअल तथा दूरशिक्षाको पूर्वाधार विकास गर्नका लागि ११ करोड विनियोजित गरेको छ । सोमवार आर्थिक वर्ष २०७७–०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रका लागि ८९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बजेटमा कोभिड– १९ को कारणले अध्ययन, अध्यापन र सिकाइमा परेको प्रभावलाई न्यूनिकरण गर्न दूर्गम पहाडी क्षेत्र सहित प्रदेशका सबै जिल्लामा पठनपाठन क्रमशः सुचारु गर्ने जनाइएको छ ।

यसका लागि एफएम रेडियो, टेलिभिजन र इन्टरनेटसमेतको माध्यमबाट दूर शिक्षा प्रदान गर्न भर्चुअल रिसोर्स सेन्टर(स्रोत केन्द्र) सहित आवश्यक पुर्वाधार विकास गर्नका लागि ११ करोड विनियोजन गरिएको छ ।

बजेटमा शैक्षिक गुणस्तर सुधारदेखि पूर्वाधार निर्माणसम्मका योजना कार्यान्यनका लागि उक्त रकम छुट्याइएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

प्रदेशले बजेटमा आगामी वर्षभित्र कर्णालीलाई पूर्ण साक्षर घोषणा गर्ने, समयानूकुल पाठ्यक्रम तयार गर्ने, शैक्षिक पूर्वाधार, शिक्षण सामग्री र नवीन प्रविधिको प्रयोगमार्फत जीवन उपयोगी प्राविधिक शिक्षा प्रदान गर्ने कार्यक्रम समेटेको छ ।

यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा भाइरोलोजी ल्याब स्थापना र पूर्वाधार विकास गर्न १० करोड छुट्याइएको अर्थमन्त्री ज्वालाले बताए ।

त्यस्तै पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिने, एक निर्वाचन क्षेत्र, एक प्राविधिक शिक्षालय स्थापना गर्न २८ करोड १० लाख विनियोजन गरिएको छ ।

प्रदेश शिक्षा बजेटको पूर्णपाठ हेर्नुहोस्
१. दक्ष, सचेत र राष्ट्रप्रति वफादार नागरिक तयार गरी आधुनिक समाजको निर्माण गर्न शिक्षा क्षेत्रको विकासलाई मैले उच्च प्राथमिकता दिएको छु । नेपाल सरकार र स्थानीय तहसँगको समन्वयमा आगामी आर्थिक वर्षभित्र कर्णालीलाई पूर्ण साक्षर प्रदेश वनाइनेछ।

२. प्रदेश शिक्षा नीति र कानुन तर्जुमा गरी नव सिर्जनशील वैज्ञानिक र मानव मूल्यमा आधारित शिक्षा विकास गरिनेछ। नेपाल सरकार र स्थानीय तहसँगको समन्वय र सहकार्यमा समयानुकुल पाठ्यक्रम तयार गरिनेछ।

३. शैक्षिक पूर्वाधार, शिक्षण सामग्री र नवीन प्रविधिको प्रयोग गरी जीवनोपयोगी प्रविधिक शिक्षाको विकासका लागि स्थानीय तहसँग सहकार्य गरिनेछ।

४. शिक्षाको गुणस्तर विकास र अनुसन्धानका लागि मध्यपशिम विश्वविद्यालयम भाइरोलोजी ल्याब स्थापना र आवश्यक भौतिक पूर्वाधार विकासका लागि रु. १० करोड विनियोजन गरेको छु। गुणस्तरीय प्रविधिक जनशक्ति उत्पादनका लगि पर्वतीय विज्ञान तथा प्रविधि विविद्यालय स्थापनाको प्रक्रिया अगाडी बढाउन आवश्यक बजेटव्यवस्था गरिएको छ ।

५. हिमाली र विकट पहाडी क्षेत्रमा आवासीय विद्यालय निर्माण गरिनेछ। भूगोल एवम् विद्यार्थी सङ्ख्याको आधारमा विद्यालय समायोजन गर्न प्रोत्साहन गरिनेछ। सामुदायिक क्याम्पस, एक निर्वाचन क्षेत्र एक प्राविधिक शिक्षालय र प्रदेश राजधानीमा अपाङ्गता भएका विद्यार्थीका लगि विशेष विद्यालय र दलित छात्रबास निर्माण गरिनेछ । उल्लिखित पूर्वाधार कार्यमा रु. २८ करोड १० लाख विनियोजन गरेको छु।

६. दुर्गम पहाडी र हिमाली जिल्लामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) को सम्बन्धनमा सञ्चालित गैह्रनाफामूलक प्रविधिक शिक्षालयसँग प्रविधिक शिक्षा विकासका लगि संस्थागत साझेदारी गरिनेछ। ज्ञान र सीपसँगै स्वार्जन (लर्न एण्ड अन) अवधारणाम सज्ञलन हुने विद्यालयको पूर्वाधार विकासमा सहयोग गरिनेछ। उल्लिखित कार्यक्रमका लागि रु. ४ करोड विनियोजन गरेको छु।

७. दश प्रविधिक जनशक्ति विकास गर्न चिकित्सा, इन्जिनियरित कृषि भेटेरिनरी र सूचन विधिमा उच्च शिक्षा अध्ययन गर्न चाहने आर्थिक रूपमा कमजेर जेहेन्दार विद्यार्थीलाई स्थानीय तहसँगको सझेदारीमा अध्ययन पछि तीन बर्ष सम्बन्धित स्थानीय तहम अनिवार्य काम गर्ने गरी मापदण्डका आधारमा छात्रवृत्ति प्रदान गर्न रु. २ करोड विनियोजन गरेको छु।

८. शिक्षा क्षेत्रका उल्लिखित कार्यक्रम कार्यान्वयनका लागि जम्मा रु. ८९ करोड विनियोजन गरेको छु ।

प्रतिकृया दिनुहोस्