काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोघिड–१९ को बढ्दो संक्रमण जोखिमका कारण कर्मचारीहरुलाई आलोपालो वा घरैबाट काम गराउन मातहतका निकायहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले मातहतका १७ निकायहरुलाई निर्देशन दिँदै बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित हुने र अन्य कर्मचारीहरुलाई सुरक्षित रुपमा घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरु गर्ने व्यवस्था मिलाउन सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिएको हो ।

अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमवाट सेवा प्रवाह गर्न सम्भव नहुने गरी बढी जनसम्पर्क हुने कार्य अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्न पनि शिक्षा मन्त्रालयले निर्देशन दिएको छ ।

साउन २६ गतेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ सङ्क्रमणको सक्रिय सङक्रमित दुई सयभन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एवं वित्तीय संघ–संस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं संघ–संस्थाहरुले विद्युतीय माध्यमबाट समेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने निर्णय गरेको समेत मन्त्रालयले स्पष्ट पारेको छ ।

हेर्नुहोस् मन्त्रालयको सूचना

विषयः आलोपालो कर्मचारी व्यवस्थापन सम्बन्धमा ।
श्री शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमी, भक्तपुर ।
श्री पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुर।
श्री राष्ट्रिय पुस्तकालय, हरिहरभवन, ललितपुर ।
श्री चिकित्सा शिक्षा आयोग, सानोठिमी ।
श्री जनक शिक्षा सामग्री केन्द्र, सानोठिमी ।
श्री शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुर ।
श्री शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरः मातहतका निकायहरुमा परिपत्र हुन ।
श्री राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरः मातहतका निकायहरुमा परिपत्र हुन ।
श्री केसर पुस्तकालय, केसरमहल, काठमाडौं ।
श्री राष्ट्रिय किताबखाना –शिक्षक) म्युजियममार्ग छाउनी, काठमाडौं ।
श्री प्राविधिक तथा व्यावसायिक तालिम परिषद् , सानोठिमी, भक्तपुर ।
श्री विश्व विद्यालय अनुदान आयोग, सानोठिमीः मातहतका निकायहरुमा परिपत्र हुन ।
श्री डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाट ।
श्री राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटार ललितपुर ।
श्री शिक्षाको लागि खाद्य कार्यक्रम परियोजना, नक्साल।
श्री व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना, बुद्धनगर ।
श्री सबै महाशाखा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार ।

प्रस्तुत विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च.नं. म.वै.र३२१-६०६, मिति २०७७।०४।२६ को पत्रबाट कोभिड–१९ सम्बन्धी आदेशमा हेरफेर तथा थपघट गर्ने विषय म.प.वै.सं. २५–२०७७, मिति २०७७।०४।२६ को मन्त्रिपरिषद्को बैठकमा पेश हुँदा त्यसमा नेपाल सरकार, मन्त्रिपरिषद्ले कोभिड–१९ सङ्क्रमणको सक्रिय सङक्रमित दुई सयभन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एवं वित्तीय संघ–संस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं संघ–संस्थाहरुले विद्युतीय माध्यमबाट समेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने । यी निकायहरुको कार्यसम्पादन एवं सेवा प्रवाहका लागि बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित हुने र अन्य कर्मचारीहरुलाई सुरक्षित रुपमा घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरु गर्ने (Work from home) व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने । अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमवाट सेवा प्रवाह गर्न सम्भव नहुने गरी बढी जनसम्पर्क हुने कार्य अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने, सेवा प्रवाह र जनशक्ति व्यवस्थापनको जिम्मेवारी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC) को समन्वयमा सम्बन्धित कार्यालय प्रमुखको हुने लगायतका निर्णय गरेकोले तहाँ कार्यरत कर्मचारीहरुलाई आलोपालो आधारमा नेपाल सरकारद्वारा जारी गरिएका स्वास्थ्य सुरक्षाका मापदण्डहरुको अनिवार्य रुपमा पालना तारी कार्यालयमा उपस्थित भइ सेवा प्रवाहको व्यवस्थापन हुन निर्णयानुसार अनुरोध छ ।

बोधार्थ
श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार ।
श्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार ।
श्री शैक्षिक प्रविधि तथा विद्युतीय सुशासन शाखा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारः वेभसाइटमा अपलोडका लागि ।

बलदेव भण्डारी
शाखा अधिकृत

प्रतिकृया दिनुहोस्