सङ्क्रमणमा घर नै शिक्षालय

Avatar photo

Byएजुकेशन पाटी

१६ असार २०७७, मंगलवार

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण उत्पन्न जटिलतालाई ध्यान दिँदै शिक्षालाई प्रविधिसँग जोड्न त्रिभुवन विश्वविद्यालयले महìवपूर्ण प्रयत्न गरेको बताउनुभएको छ ।

त्रिभुवन विश्वद्यालयको ६१औँ वार्षिक दिवस समापनका अवसरमा सोमबार आयोजित त्रिवि सभालाई सम्बोधन गर्दै उहाँले शिक्षाको परम्परागत शैलीमा आमूल परिवर्तन गरी घरलाई नै शिक्षा आर्जन गर्ने स्थानको रूपमा परिणत गर्दै लैजानुपर्ने विचार व्यक्त गर्नुभयो । विद्यालय शिक्षादेखि विश्वविद्यालयसम्म सबैका पाठ्यक्रमलाई प्रविधिसँग जोड्दै शिक्षालाई थप रचनात्मक, व्यावहारिक एवं सिर्जनशील बनाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले अनलाइन प्रविधिबाटै कक्षा सञ्चालन गर्ने कार्यलाई विश्वविद्यालयले तीव्रता दिइरहेको जानकारी दिनुभयो । शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले कोरोना भाइरसले विश्वविद्यालयको पठनपाठनमा अत्यन्तै असहज परिस्थितिमा सिर्जना गरेको बताउनुभयो । रजिष्ट्रार प्राडा पेशल दाहालले सभामा ग्रेस लिस्टको संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको थियो । सभाको वार्षिक दिवस बैठक ५८औंँ ग्रेस लिस्ट पारित गरी सम्पन्न भएको छ । सबै सङ्काय तथा अध्ययन संस्थान गरी ५६ हजार ७१३ विद्यार्थी ग्रेस लिस्टमा समावेश भएको जनाइएको छ ।

गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्