कालीकोट । जिल्लाको  खाँडाचक्र नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई परिपत्र गर्दै नयाँ भर्ना गर्न शिक्षक खटाएको छ । सामाजिक दूरी कायम गर्दै मास्क र सेनिटाइजरसहित शिक्षकलाई टोल–टोलमा खटाएर विद्यार्थी भर्ना गर्न परिपत्र गरेको नगर शिक्षा अधिकृत वीरेन्द्र शाहीले बताए । असोज १ गतेपछि अवस्था हेरेर विद्यालय खुल्न सक्ने, नखुले पनि टोलटोलमै पढाइ सञ्चालन गरिने उनको भनाइ छ । जनजीवन मावि ताडीले ७ जना शिक्षकलाई ७ वटा टोलमा खटाएर बालबालिकाको अवस्थाबारे जानकारी लिइसकेको शाहीले बताए ।

तिलागुफा नगरपालिकाले साउनमै भर्ना सुरु गरे पनि ३ हप्तामै विद्यालय बन्द गरेको थियो । नगरपालिकाको मुख्य बजार केन्द्र नाग्म आसपास केही व्यक्तिलाई कोरोना देखिएपछि विद्यालय बन्द गर्नुपरेको नगर प्रमुख रतनबहादुर शाहीले बताए । संक्रमण फैलिन नदिन विद्यालय बन्द गरेर नगरका एक वडाबाट अर्को वडामा आवतजावत गर्नसमेत बन्द गरिएको उनको भनाइ छ ।

तुलाराम पाण्डेले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्