सल्यान । जिल्लाको सदरमुकामलगायत विभिन्न स्थानमा तीव्र रुपमा कोरोना संक्रमण फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय सल्यानले शैक्षिक संस्था सञ्चालन तथा सभा सम्मेलन गर्न प्रतिबन्ध लगाएको छ ।

प्रशासनले बिहीबार एक सूचना प्रकाशन गरी शैक्षिक संस्था सञ्चालन तथा सभा सम्मेलनमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जारी गरेको आदेशमा जिल्लाका अधिकांश विद्यालयमा पढाइ भइरहेकाले कोरोनासम्बन्धी जटिल अवस्था सिर्जना हुन नदिन अर्को सूचना आउँदासम्मका लागि रोक्न जिल्लाका सबै स्थानीय तहअन्तर्गतका विद्यालयलाई आग्रह गरिएको छ ।

दैनिक उपभोग्य बस्तु किनमेलका लागि बिहान ६ बजेदेखि नौ बजेसम्म पसलहरु सञ्चालन गर्न पाइने र महत्वपूर्ण काम तथा मजदुरले दूरी कायम गरी काम गर्नु पर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्