सिद्यान्त यादव

हाम्रो उज्जवल भविष्यका निम्ति परिश्रम गर्ने
हाम्रो इच्छा पूरा गर्न संघर्ष गर्ने

हाम्रो हितको बारेमा रात-दिन सोच्ने
हाम्रो दुःख कष्टलाई जलाई भस्म पार्ने

हामीबाट भुल भएमा हामीलाई माफ गर्ने
साथ-साथै शिक्षक बनी हामीलाई सपार्ने

हामीलाई असल र योग्य व्यक्ति बनाउने
हामीलाई सत्य मार्गमा हिँड्न सिकाउने

बुवा हुन् प्रेरणा र ज्ञानको खानी
गरौँ बुवाको भावपूर्ण सम्मान हामी

संसारका सबै बुवालाई शत शत नमन् !
साथ-साथै उहाँहरुलाई हार्दिक अभिवादन !

कक्षाः ६
बूढानीलकण्ठ स्कूल, नारायणस्थान, काठमाडौँ।

 

प्रतिकृया दिनुहोस्