काठमाडौं । सोमबारदेखि विद्यालय देखि विश्वविद्यालयसम्मका सबै परीक्षा स्थगित हुने भएको छ । आइतबार बसेको कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।

सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन । स्रोतका अनुसार एसईई परीक्षाबारे पछि निर्णय लिइनेछ ।

यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भिडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सीसीएमसीले सबै परीक्षा रोक्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्