काठमाडौं ।  शिक्षा पत्रकार समूहले शिक्षाका समसामयिक मुद्दा र कोभिड–१९ को सन्दर्भमा शैक्षिक क्षेत्रमा भएका असल अभ्यासबारे गहन रिपोर्टिङका लागि आह्वान गरेको लेखनवृत्तिका लागि १३ जना पत्रकार छनोटमा परेका छन् ।

लेखनवृत्तिका लागि छानिएका पत्रकारको नामावाली समूहले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको हो ।

लेखनवृत्तिका लागि छनोट हुने पत्रकारहरुमा प्रदेश १ बाट दमन राई (रिपब्लिका), प्रदेश २ बाट दिपेन्द्रप्रसाद सिंह (क्षिरेश्वर डट कम), कमलेश ठाकुर (आर्थिक अभियान), सुरेश बिडारी (अनलाइन खबर) सुनिता बराल (कान्तिपुर) र बागमति प्रदेशबाट केशब भुल (सीआइएन) रहेका छन् । त्यस्तै, गण्डकी प्रदेशबाट भरत कोइराला (अन्नपूर्णपोष्ट), प्रदेश ५ बाट गोपालप्रसाद शर्मा (अन्नपूर्णपोष्ट) छन् भने कर्णाली प्रदेशबाट चाँदनी कठायत (कान्तिपुर), राजन रावत (गोरखापत्र), विष्णुप्रसाद न्यौपाने (अन्नपूर्णपोष्ट), मुना हमाल (गोरखापत्र) र सुदूरपश्चिम प्रदेशबाट तेजकुमार भट्ट (नयाँपत्रिका) छनोट भएका हुन् ।

देशभरबाट समसामयिक शैक्षिक मुद्दा छनौटका लागि शिक्षा पत्रकार समूहले आयोजना गरेको राष्ट्रियस्तरको भर्चुअल कार्यशाला र अभिमुखीकरण तालिमपछि लेखनवृत्तिका लागि प्रस्ताव आह्वान गरेको थियो । ४९ जना पत्रकारले लेखनवृत्तिका लागि तोकिएको विषयवस्तुमा प्रस्ताव पठाएकोमा छनोट तथा सम्पादन समितिले १३ जना पत्रकारका प्रस्तावलाई छानेको हो । छनोट तथा सम्पादन समितिमा शिक्षा पत्रकार समूहका पूर्वअध्यक्षहरु राजन शर्मा, हरि थापा र नारायण अमृत छन् ।

तोकिएको थिममा प्राप्त आउटलाइनको अन्तर्वस्तु, समावेशिता र सञ्चार माध्यमको विविधतालगायतका आधारमा पत्रकारहरुलाई छनोट गरिएको हो । लेखनवृत्तिको राशी २५ हजार रुपैयाँ रहेको छ ।समूहले सेभ द चिल्ड्रेनसँगको सहकार्यमा लेखनवृत्ति आह्वान गरेको हो ।

प्रतिकृया दिनुहोस्