काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले आगामी असोज पहिलो सातादेखि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परीक्षाहरू वैकल्पिक विधिबाट सञ्चालन गर्ने जनाएको छ ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाले प्राज्ञिक परिषद् र कार्यकारी परिषद्को निर्णयानुसार परीक्षा सञ्चालन गरिने जानकारी दिनुभएको छ । विश्वविद्यालयले जारी गरेको सूचनामा वैकल्पिक विधि अन्तर्गत ‘टाइम बाउण्ड होम बेस्ड’ पद्धति अपनाइने उल्लेख गरिएको छ । विश्वविद्यालयको प्राज्ञिक परिषद्को भदौ १४ गते र कार्यकारी परिषद्को सोमबार बैठक बसेको थियो ।

पूवाञ्चल विश्वविद्यालयमा आबद्ध कलेजहरूले इन्जिनियरिङ, व्यवस्थापन र मानविकी सङ्कायको पठनपाठन गराउँदैआएको छ ।

विश्वविद्यालयले असोज पहिलो साताबाट परीक्षा सञ्चालन हुने हुँदा अध्ययनरत क्याम्पसमा सम्पर्क गर्न विद्यार्थीहरूलाई आग्रह गरेको छ ।
विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. सङ्ग्रौलाले परीक्षा सञ्चालनसम्बन्धी निर्देशिका यथाशीघ्र प्रकाशित गरिने जानकारी दिनुभएको छ । साथै वार्षिक र सेमेष्टरतर्फका आंशिक परीक्षाहरूपछि परिषद्को बैठकले निर्णय गरे बमोजिम हुने नियन्त्रक डा. सङ्ग्रौलाले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।

गोरखापत्रमा खबर छ ।

प्रतिकृया दिनुहोस्