काठमाडौं । सरकारले सबै शिक्षकहरुको कोरोना बीमा गरिदिने भएको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सबै शिक्षकहरुको कोरोना बीमा गर्नका लागि प्रक्रिया अगाडि बढिसकेको जनाएको छ ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शुक्रवार गरेको विशेष सम्बोधनमा भने–‘शिक्षकहरुको स्वास्थ्यसुरक्षालाई ध्यानमा राखी सबै शिक्षकहरुको कोरोना बिमा गर्ने प्रव्रिmया अघि बढिसकेको छ ।’ यस्तै, कार्यरत विद्यालय रहेको जिल्लाभन्दा बाहिरी जिल्लामा रहेका शिक्षकहरुलाई विद्यालयसम्म पुग्नका लागि जिल्ला प्रशासन कार्यालयहरुले सहजीकरण गर्ने पनि शिक्षामन्त्री पोखरेलले स्पष्ट पारेका छन् ।

बाहिरी जिल्लाबाट आएका शिक्षकहरुलाई विद्यालय रहेको स्थानीयतहर्ले १४ दिनसम्म होम क्वारेन्टिनमा राखी पिसिआर परीक्षणको व्यवस्था पनि गर्नुपर्ने शिक्षामन्त्री पोखरेलले जानकारी दिए ।

अर्थात बाहिरी जिल्लाबाट आएका शिक्षकहरुले कोरोना परिक्षण र १४ दिनसम्म होम क्वारेन्टाइनमा बसेपछि मात्रै वैकल्पिक सिकाइमा जोडिन पाउने भएका छन् ।विद्यालयसम्म विद्यार्थी आउने वातावरण बनिनसकेकाले अब शिक्षकहरु शिक्षण सिकाइका लागि विद्यार्थीसम्म पुग्नुपर्ने र शिक्षण सिकाइलाई अगाडि बढाउनुपर्ने शिक्षामन्त्री पोखरेलले बताए ।

पहिले कोरोना संक्रमण लामोसमय नरहने सोचेर वैकल्पिक सिकाइलाई सिकाइ निरन्तरतासँग मात्रै जोडिएको भएपनि अब यसलाई शिक्षण सिकाइकै पूरकको रुपमा अगाडि बढाइने मन्त्री पोखरेलले स्पष्ट पारे । यसअघि जारी वैकल्पिक सिकाइ निर्देशिकालाई पनि नयाँ ढंगले परिमार्जित गरिएको र एकदुईदिनभित्र जारी गरिने उनले स्पष्ट पारे ।

यस विषम परिस्थितिमाविद्यार्थीहरुको पढ्न पाउने अधिकारको रक्षा गर्न र शैक्षिक सत्र खेर जाननदिनहामी सबै मिलेर काम गर्नु पर्ने उनको भनाइ थियो । मन्त्री पोखरेलले भने– ‘शिक्षाकर्मी, शिक्षाप्रेमी र सबै सरोकारवालाहरुको साथ सहयोग र सहभागिताबाट नै हामी सफलतामापुग्न सक्छौं । तसर्थ, सबैले आआफ्नो ठाउँबाट योगदान गरौं ।’

अहिलेको विषम परिस्थितिमा अवरुद्ध शिक्षा क्षेत्रलाई आइसब्रेक गरी वैकल्पिक पद्धतिलाई सिकाइको मूल पद्धतिको रुपमा स्थापित गर्नुपर्ने उनले स्पष्ट पारे ।

विद्यालय र विश्व विद्यालय नखुले पनि शिक्षा सुचारु हुन्छ, सिकाइ निरन्तर चलिरहन्छ भन्ने मान्यतालाई साकार पार्नुपर्नेृमा जोड दिँदे उनले भने, ‘सबै सचेत रहौं, सुरक्षित रहौं, सव्रिmयबनौं । सबै खालका चुनौतिहरुलाई अवसरमा बदलौं ।’

प्रतिकृया दिनुहोस्