काठमाडौं।  सरकारले असोज २ गतेको दिनलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा बनाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वर्षदेखि लागू हुने गरी यस्तो निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले हरेक वर्षको असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा मनाउने निर्णय गरिएको जानकारी दिइन्। ‘प्रत्येक वर्षको असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएको छ। अब हाम्रो शिक्षा दिवस असोज २ गते हुनेछ,’ प्रवक्ता शर्माले भनिन्।

२०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो । ०६२/०६३ को परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ मा मनाउने गरिएको थियो ।अनिवार्य तथा निःशुल्क शिक्षा ऐन जारी भएको दिनलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा मनाइने भएको हो । २०७५ सालमा सो ऐन जारी भएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्