काठमाडौं । शिक्षाविद् प्राडा मनप्रसाद वाग्लेले सरकारले शैक्षिक संस्था मात्रै बन्द भनेको पठन–पाठन होइन भन्दै शिक्षकलाई वैकल्पिक सिकाइमा केन्द्रित हुन आग्रह गरे ।

अब दूरशिक्षा र भर्चुअल सिकाइलाई शिक्षाको पुरक नभइ मूलधार प्रणाली मानेर अगाडि बढ्नुको विकल्प नभएको डा. वाग्लेले बताए । तिहार अघि स्कूल खुल्ने संभावना नदेखिएको भन्दै शैक्षिक सत्र नबिगार्ने गरी प्रयास गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले आयोजना गरेको माइक्रो टिचिङ कार्यक्रममा बोल्दै डा. वाग्लेले शिक्षकहरु सिकाइमा जोडिनैपर्ने बताए । अब विद्यालय बन्द भनेर शिक्षक चुप लागेर बस्ने समय नभएको भन्दै कुनैपनि माध्यम र विद्यार्थीलाई शिक्षण सिकाइ गर्नुपर्ने उनको भनाइ थियो ।

शिक्षकहरु आफ्नै पहलमा माइक्रो टिचिङ म्याराथुन शुरु गर्नु अनुकरणीय भएको भन्दै वास्तवमा विश्वविद्यालयले गर्नुपर्ने काम शिक्षकहरुले गरेकोमा शुभकामना दिए । अब यसका भिडियोहरु विद्यार्थीसम्म पुर्याउन स्थानीय तह र शिक्षा मन्त्रालयसँग पहल गर्न संगठनहरुसँग आग्रह गरे ।

प्रतिकृया दिनुहोस्